७ चैत्र २०८२, शनिबार । March 22, 2026

मंगलबार नेप्से परिसुचक उच्च अंकले वृद्धि


१२ पुस २०७९, मंगलबार  

9
Shares

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ ।

मंगलवार उच्च रुपमा नेप्से बढेसँगै नेप्सेमा करिव ५ महिना यताकै उच्च कारोबार समेत भएको हो । नेप्से परिसूचक ५९ दशमलव ८७ अंक बढेर १९८३ दशमलव ९५ बिन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स १० दशमलव ६० अंक बढेको छ भने फ्लोट इण्डेक्स ३ दशमलव ६९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३ दशमलव २८ अंकले बढेको छ ।

मगंलवार कारोबारमा आएका २६१ कम्पनीको १ करोड २० लाख २९ हजार कित्ता शेयर ३ अर्ब ८८ करोड ४३ लाख ९६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । सोमवार २ अर्ब बराबरको कारोबार भएको थियो । मगंलवार १३ वटै उपसमूहको परिसूचक बढेको छ ।

जसमध्ये लगानी उपसमूहको परिसूचक ६ दशमलव ४३ प्रतिशत बढेको छ भने वित्त, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ । नेप्से बढेसँगै मंगलवार ६ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा सिद्धार्थ इन्स्योरेन्स, मल्टीपर्पस फाइनान्स, अजोड इन्स्योरेन्स, श्रृजनशील लघुवित्त र कालिका पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

मंगलबार कारोबार रकमका आधारमा लक्ष्मी बैंक शीर्ष स्थानमा रहेको छ । जसमा बैंकको २० करोड ९४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ४ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो