३ चैत्र २०८१, सोमबार । March 17, 2025

नेपाल टि ट्वान्टी क्रिकेट लिग, लुम्बिनीसँग पोखरा स्तब्ध



काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि ट्वान्टी क्रिकेट लिग प्रतियोगिता अन्तर्गत मंगलबार भएको पहिलो खेलमा लुम्बिनी अल स्टार विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी अल स्टारले पोखरा एभेन्जर्सलाई तीन विकेटले पराजित गरेको हो । पोखराले दिएको १३४ रनको लक्ष्य लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै पूरा गर्‍यो । लुम्बिनीको जितमा कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाए भने साडले भान स्काल्कविकले अविजित ३१ रन बनाए ।

साथै, उन्मुक्त चन्दले २२, अनिल शाहले १९ तथा गुल्शन झाले १० रन जोडे । बलिङतर्फ पोखराका विपीन खत्री र कुशल मल्लले समान दुई/दुई विकेट लिए भने प्रतिश जिसी, अभिमन्यु मिथुन र जाहिर खानले समान एक/एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो । पोखराका लागि कुशल मल्लले सर्वाधिक ६१ रनको योगदान दिए ।

उनले ३१ बल खेल्दै पाँच छक्का र पाँच चौकाको मद्दतमा ६१ रन बनाएका थिए । त्यसैगरी उपुल थरङ्गाले ४२ रन जोडे भने विपीन खत्रीले ९ तथा आशिफ शेखले ६ रन जोडे । बलिङतर्फ लुम्बिनीका साडले भान स्काल्कविकले तीन विकेट लिए भने किशोर महतो र गुल्सन झाले समान दुई दुई विकेट लिए ।

त्यस्तै हरमित सिंह र सागर ढकालले समान एक/एक विकेट लिए । यस जितसँगै लुम्बिनीले जारी प्रतियोगितामा तेस्रो जित दर्ता गराएको छ । लुम्बिनीले ६ अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । त्यस्तै समान तीन खेल खेलेको पोखरा तीनै खेलमा पराजय भोग्दै अङ्क विहीन छ । पोखरा अङ्क तालिकाको अन्तिम स्थानमा छ । प्रतियोगितामा विभिन्न छ टोलीको सहभागिता छ ।

प्रतियोगिताको विजेताले रु ५५ लाख तथा उपविजेताले रु ३० लाख पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै तेस्रो हुनले रु १० लाख तथा चौथोले रु पाँच लाख पाउने छन् ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  २ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल प्रहरीको ३१ औं महानिरीक्षकमा दीपक थापा नियुक्त

काठमाडौं । नेपाल प्रहरीको ३१ औँ महानिरीक्षकमा दीपक थापा नियुक्त

लुम्विनी विशिष्टिकृत सहकारीसँगको साझेदारीमा इन्द्रेणी सहकारीको गुणस्तरीय दुध विक्रि केन्द्रको शुभारम्भ

बुटवल । इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले आफ्नो बहुउद्देश्य कार्यक्रम

एसईईका विद्यार्थी, अभिभावक र विद्यालयका लागि प्रिन्सिपल डीके ढुङ्गानाका सुझाव

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८१ को माध्यामिक शिक्षा परीक्षा

आज सुनको मूल्य स्थिर, चाँदीको भाउ घट्यो

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ

इन्द्रसरोवरमा भारतीय नम्बर प्लेटको गाडी दुर्घटना, ४ जना घाइते

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ धाराखोल्छामा भारतीय नम्बर प्लेटको फोर्स