१२ चैत्र २०८२, बिहिबार । March 26, 2026

भ्रष्टाचारको विषयमा छानबिन गर्न आयोग बन्ने भएपछि सरकारमा गयौँः रवि लामिछाने


११ पुस २०७९, सोमबार  

6
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको विषयमा छानबिन गर्नका लागि अधिकार सम्पन्न आयोग बनाउने साझा सहमति भएपछि आफूहरु सरकारमा सहभागि भएको बताएका छन् ।

सोमबार नयाँ बानेश्वरस्थित संसद भवनमा सत्तारुढ गठबन्धनको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले भ्रष्टाचारको विषयमा छानबिन गर्न अधिकार सम्पन्न आयोग अथवा संयन्त्र बनाउने सझा सहमति भएपछि सरकारमा सहभागि हुन लागेको बताएका हुन् । उनले यस विषयमा सत्तारुढ सबै पार्टीहरु सहमत भएको उल्लेख गरे । त्यस्तै शिक्षा र स्वास्थ्यको बिलमा पनि साझा प्रतिवद्धता रहेको उनले उल्लेख गरे ।

उनले विदेशमा रहेका नेपाली नागरिकहरुलाई मतदानको अधिकार दिने, नयाँ व्यवसायीहरुका लागि विशेष कार्यक्रम ल्याउने लगायतको विषयमा सत्तारुढ दलहरुका बीचमा साझा सहमति बनेको बताए । साझा सहमति बाहिर सार्वजनिक गर्ने पनि उनले जानकारी दिए । सभापति लामिछानेले आफ्नो दाबी गृह मन्त्रालयसहित उपप्रधानमन्त्रीमा रहेको स्पष्ट पारे ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ६ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र