५ आश्विन २०८३, सोमबार । September 22, 2026

राष्ट्रिय अर्थतन्त्रले अफ्ठ्यारो परिस्थितिको सामना गरिरहेको छः राष्ट्रपति


७ पुस २०७९, बिहिबार  

6
Shares

बुटवल । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय अर्थतन्त्रले अफ्ठ्यारो परिस्थितिको सामना गरिरहेको बताएकी छीन् ।

बिहीबार बुटवलमा १५ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी महोत्सवको उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् । उनले एकातिर व्यापार घाटा, निरन्तर बढीरहेको र अर्कोतिर आयातमाथि निर्भरता बिस्तार भइरहेको भन्दै चिन्ता व्यक्त गरिन् । उनले आयातमाथि निर्भरता बिस्तार हुँदा विदेशी मुद्राको सञ्चितिमा चाप बढेको बताइन् ।

राष्ट्रपति भण्डारीले चुनौतीहरुबाट पार पाउन स्वावलम्वी राष्ट्रिय अर्थतन्त्रको विकासलाई मुलभुत उद्देश्य बनाउनुपर्नेमा जोड दिइन् । उनले मुलुकको व्यापार घाटालाई तत्कालै कम गर्दै लैजान कृषि उपार्जन बढाउनु, वन पैदावर र जडिबुटीमा आधारित आयात प्रतिष्थापन गर्ने तथा पर्यटन प्रवद्र्धन तथा जलविद्युतको स्वदेशी खपतमा जोड दिने नीतिहरु अवलम्वन गर्नु अति आवश्यक भएको पनि बताइन् । उनले हरेक स्थानीय तहले खेतीयोग्य जमिन बाँझो नराख्ने नीति बनाइ युवा जनशक्ति र किसानहरुलाई प्रेरित गर्न उद्योगी व्यवसायीहरुसँग मिलेर काम गर्न आवश्यक्ता रहेको बताइन् ।

उनले उद्योगी व्यवसायीहरुसँग मिलेर काम गर्नसके केही वर्षभित्रै नेपालको व्यापार घाटालाई कम गर्दै लैजाने आधारहरु निर्माण हुने र रोजगारी उद्यमशीलताका नयाँ अवसरहरु सिर्जना गरी पुँजी र प्रतिभाको पलायन रोक्न सकिने बताइन् । राष्ट्रपति भण्डारीले किसान र उद्योगीहरुले राज्यको सहज सेवा र अवसर प्राप्त गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिइन् । उनले मुलुकको पर्यटन उद्योगलाई थप सुदृढ गर्नका लागि लुम्बिनीको भ्रमणसँगै अन्य स्थानको खोजि गर्न आवश्यक रहेको बताइन् ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ७ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा