२६ भदौ २०८३, शुक्रबार । September 11, 2026

माघ ७ मा ‘राइट टु प्रोटिन रन’ हाफ म्याराथन हुने


७ पुस २०७९, बिहिबार  

21
Shares

काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएशनले माघ ७ गते ‘राइट टु प्रोटिन रन’ नामक हाफ म्याराथन गर्ने भएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एशोसिएशनले यसबारेमा जानकारी गराएको हो । प्रोटिनमाथिको अधिकारको मर्मलाई आत्मसाथ गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले हाफ म्याराथनको आयोजना गरेको आयोजकले जनाएको छ । प्रतियोगितामा विभिन्न विधाका दौड हुनेछन् ।

माघ ७ गते बिहान ७ बजे दशरथ रंगशालाबाट शुरु भएको म्याराथन सोही स्थानमा आइ समापन हुनेछ । कार्यक्रममा विभिन्न विधामा गरी ३ हजार व्यक्ति सहभागी हुने अनुमान आयोजकको छ । यो म्याराथन गत वर्ष आयोजना भएको रन फर प्रोटिन हाफ म्याराथनको दोस्रो एपिसोड हो ।

गत वर्षको हाफ म्याराथनमा महिलातर्फ सन्तोषी श्रेष्ठ प्रथम हुनुभएको थियो भने पुरुषतर्फ तीर्थ पुन प्रथम भएका थिए । यो प्रतियोगितामा खलातर्फ पुरुष १० किमि, महिला ५ किमि, १२ कक्षासम्मका विद्यार्थीलाई ५ किमि (पुरुष) र ३ किमि (महिला) र फरक क्षमता भएका व्यक्तिहरुको लागि ह्वीलचेयर विधाका दौडहरु समावेश गरिएका छन् । कार्यक्रमको पुरस्कार राशी करसहित १३ लाख ७६ हजार ६६६ रहेको छ ।

कर बाहेक भने १० लाख ३२ हजार ५ सय रहेको आयोजकले जनाएको छ । हाफ म्याराथनमा प्रथम पुरस्कार १ लाख, पाचौं स्थानसम्म प्राप्त गर्नेलाई पुरस्कारको व्यवस्था रहेको छ । आफूले भाग लिएको विधामा दौड पूरा गर्ने प्रतियोगीलाई मेडलको व्यवस्था गरेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ६ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ

किङ्स कलेजको इम्प्याक्ट वीक २०२६ सम्पन्न, ५ देशका कोचसहित १०८ सहभागीले खोजे समुदायका चुनौतीको समाधान

काठमाडौं । समुदायका वास्तविक चुनौतीलाई केन्द्रमा राखेर किङ्स कलेज, काठमाडौंको

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated