३ चैत्र २०८१, सोमबार । March 17, 2025

माघ ७ मा ‘राइट टु प्रोटिन रन’ हाफ म्याराथन हुने



काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएशनले माघ ७ गते ‘राइट टु प्रोटिन रन’ नामक हाफ म्याराथन गर्ने भएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एशोसिएशनले यसबारेमा जानकारी गराएको हो । प्रोटिनमाथिको अधिकारको मर्मलाई आत्मसाथ गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले हाफ म्याराथनको आयोजना गरेको आयोजकले जनाएको छ । प्रतियोगितामा विभिन्न विधाका दौड हुनेछन् ।

माघ ७ गते बिहान ७ बजे दशरथ रंगशालाबाट शुरु भएको म्याराथन सोही स्थानमा आइ समापन हुनेछ । कार्यक्रममा विभिन्न विधामा गरी ३ हजार व्यक्ति सहभागी हुने अनुमान आयोजकको छ । यो म्याराथन गत वर्ष आयोजना भएको रन फर प्रोटिन हाफ म्याराथनको दोस्रो एपिसोड हो ।

गत वर्षको हाफ म्याराथनमा महिलातर्फ सन्तोषी श्रेष्ठ प्रथम हुनुभएको थियो भने पुरुषतर्फ तीर्थ पुन प्रथम भएका थिए । यो प्रतियोगितामा खलातर्फ पुरुष १० किमि, महिला ५ किमि, १२ कक्षासम्मका विद्यार्थीलाई ५ किमि (पुरुष) र ३ किमि (महिला) र फरक क्षमता भएका व्यक्तिहरुको लागि ह्वीलचेयर विधाका दौडहरु समावेश गरिएका छन् । कार्यक्रमको पुरस्कार राशी करसहित १३ लाख ७६ हजार ६६६ रहेको छ ।

कर बाहेक भने १० लाख ३२ हजार ५ सय रहेको आयोजकले जनाएको छ । हाफ म्याराथनमा प्रथम पुरस्कार १ लाख, पाचौं स्थानसम्म प्राप्त गर्नेलाई पुरस्कारको व्यवस्था रहेको छ । आफूले भाग लिएको विधामा दौड पूरा गर्ने प्रतियोगीलाई मेडलको व्यवस्था गरेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ६ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आज सुनको मूल्य स्थिर, चाँदीको भाउ घट्यो

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ

इन्द्रसरोवरमा भारतीय नम्बर प्लेटको गाडी दुर्घटना, ४ जना घाइते

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ धाराखोल्छामा भारतीय नम्बर प्लेटको फोर्स

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्ड स्टर्लिङ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको

नेपाल स्काउटमा सुधारको माग राख्दै अनशन, पदाधिकारीद्वारा दुर्व्यवहारको आरोप

काठमाडौं । नेपाल स्काउटमा सुधारको माग राख्दै सुरु गरिएको अनशन