५ आश्विन २०८३, सोमबार । September 22, 2026

संसदीय दलको नेतामा अध्यक्ष दाहाल चयन


७ पुस २०७९, बिहिबार  

9
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन् ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहिबार बसेको दलको बैठकले नेतामा अध्यक्ष दाहाललाई चयन गरेको हो । यस्तै, दलको प्रमुख सचेतकमा हितराज पाण्डे निर्विरोध चयन भएका छन् । दलको उपनेता र सचेतक भने चयन गरिएको छैन ।

यस्तै, राष्ट्रियसभातर्फ दलको नेता नारायणकाजी श्रेष्ठ चयन भएका छन् । प्रमुख सचेतकमा गोपीबहादुर सार्की अछामी र सचेतकमा गङ्गाकुमारी बेल्बासे पहिलेदेखि नै कार्यरत रहे । माओवादीको आजको पदाधिकारीको बैठकले संसदीय दलको नेतामा नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री दाहाललाई संसदीय दलको नेता बनाउने निर्णय गरेको थियो । सोही बैठकले प्रमुख सचेतकमा नेता पाण्डेलाई चयन गर्ने निर्णय गरेको थियो ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा माओवादीले प्रत्यक्ष र समानुपातिक गरी ३२ स्थानमा जित हासिल गरेका छ ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ६ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा