२५ फाल्गुन २०८१, आइतबार । March 9, 2025

संसदीय दलको नेतामा अध्यक्ष दाहाल चयन



काठमाडौं । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन् ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहिबार बसेको दलको बैठकले नेतामा अध्यक्ष दाहाललाई चयन गरेको हो । यस्तै, दलको प्रमुख सचेतकमा हितराज पाण्डे निर्विरोध चयन भएका छन् । दलको उपनेता र सचेतक भने चयन गरिएको छैन ।

यस्तै, राष्ट्रियसभातर्फ दलको नेता नारायणकाजी श्रेष्ठ चयन भएका छन् । प्रमुख सचेतकमा गोपीबहादुर सार्की अछामी र सचेतकमा गङ्गाकुमारी बेल्बासे पहिलेदेखि नै कार्यरत रहे । माओवादीको आजको पदाधिकारीको बैठकले संसदीय दलको नेतामा नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री दाहाललाई संसदीय दलको नेता बनाउने निर्णय गरेको थियो । सोही बैठकले प्रमुख सचेतकमा नेता पाण्डेलाई चयन गर्ने निर्णय गरेको थियो ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा माओवादीले प्रत्यक्ष र समानुपातिक गरी ३२ स्थानमा जित हासिल गरेका छ ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ६ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लायन्स डिष्ट्रिक्ट ३२५ के को तेस्रो राष्ट्रिय महाधिवेशन शनिवार पोखरामा, भिडिजीमा सुधाको उम्मेदवारी

काठमाडौं । लायन्स अन्तर्रास्ट्रिय, डिष्ट्रिक्ट ३२५ के नेपालको तेस्रो राष्ट्रिय

लगातार उकालो लाग्दै सुनको भाउ, आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका

आईसीसी च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै

आजपनि घट्यो अमेरिकी डलरको भाउ, युरो र पाउण्ड स्टर्लिङ उकालो लाग्दै

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय