२२ फाल्गुन २०८१, बिहिबार । March 7, 2025

राष्ट्रपति भण्डारीले पाल्पाको सिद्धबाबा मन्दिरमा विशेष पूजा गर्ने



पाल्पा । राष्ट्रपति विद्यादेवी भण्डारीले पाल्पाको सिद्धबाबा मन्दिरमा विशेष पूजा गर्ने भएकी छिन्।

रुपन्देही उद्योग संघले बुटवलमा आयोजना गरेको १५ औं राष्ट्रिय औद्योगिक प्रर्दशनीको उद्घाटनका लागि बुटवल आउन लागेकी राष्ट्रपति भण्डारीले रूपन्देही र पाल्पाको सिमाना नजिकै रहेको मन्दिरमा पूजा गर्ने भएकी हुन्। पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा मन्दिरमा विधिपूर्वक पूजा आराधना एवं दर्शन गर्ने कार्यक्रम तय भएको सिद्धबाबा मन्दिर विकास समितिका अध्यक्ष दल बहादुर गुरुङले जानकारी दिए। राष्ट्रपति भण्डारी आउने भएपछि मन्दिरमा स्वागतका लागि आवश्यक तयारी पूरा भएको उनले बताए।

राष्ट्रपति भण्डारीले आज दिउँसो २ बजेदेखि मन्दिरमा विशेष पुजा गर्ने कार्यक्रम रहेको छ। सिद्धबाबा मन्दिरमा पहिलो पटक राष्ट्रपतिले पूजा गर्ने अध्यक्ष गुरुङले बताए। सिद्धार्थ राजमार्गको छेउमै अवस्थित यो मन्दिरमा प्राकृतिक सम्पदाले पनि भरिपूर्ण छ। यस मन्दिर परिसरमा शिवजीको मूलमन्दिर, गणेश, नाग, मनसादेवी, विश्वकर्मा बाबाको मन्दिरका साथै अखण्ड धूनी समेत रहेको छ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ११ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लायन्स डिष्ट्रिक्ट ३२५ के को तेस्रो राष्ट्रिय महाधिवेशन शनिवार पोखरामा, भिडिजीमा सुधाको उम्मेदवारी

काठमाडौं । लायन्स अन्तर्रास्ट्रिय, डिष्ट्रिक्ट ३२५ के नेपालको तेस्रो राष्ट्रिय

लगातार उकालो लाग्दै सुनको भाउ, आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका

आईसीसी च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै

आजपनि घट्यो अमेरिकी डलरको भाउ, युरो र पाउण्ड स्टर्लिङ उकालो लाग्दै

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय