२९ बैशाख २०८२, सोमबार । May 12, 2025

शिक्षक विष्टको हत्या भएको खुलासा, दुई जना पक्राउ



बैतडी । बैतडीमा मृत अवस्थामा भेटिएका शिक्षक धनबहादुर विष्टको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सुर्नया गाउँपालिका–२ घर भइ पाटन नगरपालिका–६ स्थित कृष्ण माविमा पढाउँदै आएका विष्टको हत्या अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने सोही विद्यालयमा कम्प्युटर डिप्लोमा अध्ययनरत छात्रा र उनका श्रीमान रहेको प्रहरीले जनाएको छ । छात्राका श्रीमान विदेशको भिषा आउने भएपछि श्रीमतीसँग बस्न पाटन आएको खुलेको छ ।

साथै, मृतक शिक्षक पनि सोही छात्राबासको माथिल्लो तलाको ९ नम्बर कोठामा बस्दै आएका थिए । घटना भएको दिन शिक्षक विष्टलाई छात्राले छात्राबास पछाडि बोलाएको र विवाद हुँदा हत्या भएको प्रहरीले जनाएको छ । के विषयमा हत्या भयो भन्ने प्रहरीले खुलाएको छैन ।

यद्यपि, पक्राउ परेका दुवै जनाले हत्या गरेको स्विकार गरेको प्रहरीले जनाएको छ । बैतडी प्रहरीले आज दिउँसो पत्रकार सम्मेलन गरी आरोपीलाई सार्वजनिक गर्ने तयारी गरेको छ । शिक्षक विष्ट २ पुसमा छात्रावासको पछाडि मृत अवस्थामा भेटिएका थिए ।

विष्टको हत्या भएको भन्दै घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै सोही दिनदेखि पाटनमा आन्दोलन जारी छ ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ११ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भारत-पाकिस्तान युद्धविरामः भारतले खोल्यो बन्द सबै विमानस्थल

काठमाडौं । भारत–पाकिस्तानबीच उत्पन्न तनाव अन्त्य भएसँगै भारतले बन्द गरेका

रेसुङ्गा विमानस्थलबाट अब हप्तामा तीन दिन उडान, यात्रु उत्साहित

गुल्मी । यात्रुको चाप बढेसँगै गुल्मीको रेसुङ्गा विमानस्थलबाट अब हप्तामा

टेस्ट क्रिकेटबाट विराट कोहलीको सन्यास घोषणा

काठमाडौं । भारतीय क्रिकेटका चम्किला तारा विराट कोहलीले सोमबार औपचारिक

नेपाली बजारमा सुनचाँदी सस्तो, आइतबारको तुलनामा ठूलो गिरावट

काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्यमा

भारत–पाकिस्तानबीच वार्ता आज, चार दिने सैन्य तनावपछि संवादको प्रयास

काठमाडौं । पछिल्ला चार दिनदेखि सीमा क्षेत्रमा जारी भीषण सैन्य