५ आश्विन २०८३, सोमबार । September 21, 2026

राष्ट्रपति सी र रुसी नेता मेदभेदेवबीच भेटवार्ता


६ पुस २०७९, बुधबार  

6
Shares

एजेन्सी । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) केन्द्रीय समितिका महासचिव तथा चीनका राष्ट्रपति सी चिनफिङबीच युनाइटेड रसिया पार्टीका अध्यक्ष दिमित्री मेदभेदेवसँग भेटवार्ता गरेका छन् ।

सिपिसीको निमन्त्रणामा चीन भ्रमणमा ररेका रुसी नेता मेदभेदेवलाई राष्ट्रपति सीले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न अनुरोध गर्दै चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनले आधुनिक समाजवादी देश निर्माण गर्ने तथा राष्ट्रको पुनर्जागरणलाई सबै पक्षमा अगाडि बढाउने लक्ष्य निर्धारण गरेको जानकारी दिए । राष्ट्रपति सीले आधुनिकीकरणको चिनियाँ बाटो पछ्याउने र विश्वशान्ति एवम् समृद्धिका लागि थप अवसर प्रदान गर्नेमा आफू पूर्ण विश्वस्त रहेको बताउँदै चिनियाँ कम्युनिष्ट पार्टी र युनाइटेड रसिया पार्टीबीचको संस्थागत आदान–प्रदान दीर्घकालीन रूपमा दुई देशका लागि राजनीतिक आपसी विश्वासलाई सुदृढ गर्न उपयोगी हुने विश्वास व्यक्त गरे ।

दुई पक्षबीचको वर्तमान आदानप्रदान तेस्रो दशकमा प्रवेश गरेको उल्लेख गर्दै चिनियाँ राष्ट्रपतिले दुई पक्षबीचको शासन अनुभव, विकास रणनीतिलाई एकीकरण गर्ने र राजनीतिक दलहरूबीच अन्तर्राष्ट्रिय तथा बहुपक्षीय सहयोगलाई प्रवद्र्धन गर्ने विषयमा गहन संवाद जारी राखिने बताए । चीन–रूस बृहत् रणनीतिक समन्वयलाई अझ सुदृढ बनाउनुपर्नेमा उनले जोड दिए । विगत एक दशकमा चीन– रुस सम्बन्धले अन्तर्राष्ट्रिय परिवर्तनले ल्याएका चुनौतीलाई सामना गर्दै द्विपक्षीय सम्बन्धलाई नयाँ युगमा अगाडि बढाउन तथा विश्वव्यापी शासन व्यवस्थालाई अझ न्यायपूर्ण तुल्याउन रुससँग सहकार्य गर्न चीन तयार रहेको राष्ट्रपति सीले बताए ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ८ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा