१ पुस २०८२, मंगलबार । December 16, 2025

कीर्तिमानी आरोही शेर्पालाई पर्यटन मन्त्रालयको सम्मान



काठमाडौं । कीर्तिमानी आरोही सानु शेर्पालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्मान गरेको छ ।

आरोही शेर्पालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले बुधबार मन्त्रालयमा नै बोलाएर सम्मान गरेका हुन् । उनले एक महिनाको आफ्नो मन्त्रीको तलव सम्मान स्वरुप ७० हजार ७ सय ३० रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे । सम्मान कार्यक्रमपछि बोल्दै पर्यटनमन्त्री श्रेष्ठले हिमाल आरोहण गर्नेकुरा कम चुनौतिको विषय नभएको बताए ।

उनले आरोही शेर्पाले ८ हजार मिटर भन्दा अग्ला १४ वटा हिमाल दुई/दुई पटक आरोहण गरेर विश्व कीर्तिमानी कायम गरेको उपलक्ष्यमा आफूले उनको सम्मानस्वरुप एक महिनाको तलव हस्तान्तरण गरेको बताए । मन्त्री श्रेष्ठले सगरमाथा आरोहण गर्ने व्यक्तिलाई अन्य देशमा देशको गौरवको रुपमा सम्मान दिने गरिएपनि नेपालमा भने त्यत्ति चासो नदिएको आरोप लगाए । आरोही शेर्पाले अहिलेसम्म ७ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

मन्त्री श्रेष्ठले कीर्तिमानी आरोही सानु शेर्पासहितका हिमाल आरोहीहरुको चर्चा विश्वमा गर्नसके पर्यटन क्षेत्रको प्रचारका साथै नेपालको छवि पनि विश्वमाझ पुग्ने बताए ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ७ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले