२१ श्रावण २०८३, बिहिबार । August 6, 2026

कांग्रेस संसदीय दलको नेताका लागि मतदान सकियो


६ पुस २०७९, बुधबार  

9
Shares

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता छान्न भएको मतदान सम्पन्न भएको छ ।

सिंहदरबारमा रहेको पार्टीको संसदीय दलको कार्यालयमा मतदान सम्पन्न भएको हो । दलको नेता बन्न सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा छन् । मंसिर ४ गते भएको निर्वाचनबाट निर्वाचित ८९ जना सांसदहरुले आज मतदान गरेका हुन् ।

सिंहदरबारमा भौतिक रुपमा ने उपस्थित भएर ८७ जनाले मतदान गरेका थिए । समानुपातिकतर्फबाट निर्वाचित भएकी भोजपुरकी माया राईले भने अस्पतालबाट मतदान गरेकी छिन् । सुत्केरी रहेकी राईले चाबहिलमा रहेकोझ ओम अस्पतालबाट मतदान गरेपछि मतदान प्रक्रिया सकिएको हो ।

मनाङबाट निर्वाचित टेकबहादुर गुरुङले भोट हाल्न पाएनन् । अदालतमा मुद्दा विचाराधीन रहेकाले संस्थापन पक्षका उनी मतदानमा सहभागी नभएका हुन् । मतदान सकिएपछि अब केहीबेरमा नै मतगणना गर्ने तयारी छ ।

मतदानबाट निर्वाचित कांग्रेसको संसदीय दलको नेताको नाम आजै घोषणा हुनेछ ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  १० : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध