२८ मंसिर २०८२, शनिबार । December 13, 2025

कांग्रेस संसदीय दलको नेताका लागि मतदान सकियो



काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता छान्न भएको मतदान सम्पन्न भएको छ ।

सिंहदरबारमा रहेको पार्टीको संसदीय दलको कार्यालयमा मतदान सम्पन्न भएको हो । दलको नेता बन्न सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा छन् । मंसिर ४ गते भएको निर्वाचनबाट निर्वाचित ८९ जना सांसदहरुले आज मतदान गरेका हुन् ।

सिंहदरबारमा भौतिक रुपमा ने उपस्थित भएर ८७ जनाले मतदान गरेका थिए । समानुपातिकतर्फबाट निर्वाचित भएकी भोजपुरकी माया राईले भने अस्पतालबाट मतदान गरेकी छिन् । सुत्केरी रहेकी राईले चाबहिलमा रहेकोझ ओम अस्पतालबाट मतदान गरेपछि मतदान प्रक्रिया सकिएको हो ।

मनाङबाट निर्वाचित टेकबहादुर गुरुङले भोट हाल्न पाएनन् । अदालतमा मुद्दा विचाराधीन रहेकाले संस्थापन पक्षका उनी मतदानमा सहभागी नभएका हुन् । मतदान सकिएपछि अब केहीबेरमा नै मतगणना गर्ने तयारी छ ।

मतदानबाट निर्वाचित कांग्रेसको संसदीय दलको नेताको नाम आजै घोषणा हुनेछ ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  १० : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले