५ आश्विन २०८३, सोमबार । September 21, 2026

मातृभाषामा थपथ लिन सांसदहरुलाई महासंघको आग्रह


६ पुस २०७९, बुधबार  

6
Shares

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघले आदिवासी समुदायबाट प्रतिनिधिसभा र प्रदेश सभाका नवनिर्वाचित सांसदलाई मातृभाषामा सपथग्रहण गर्न अपिल गरेको छ । 

महासंघका महासचिव दिवस राईले अपिल जारी गर्दै सपथ ग्रहण कार्यक्रममा आ–आफ्नो मौलिक भेषभुषामा उपस्थित भई मातृभाषामा सपथ लिन आग्रह गर्नु भएको हो । ‘आफ्नो मौलिक पहिचानको संरक्षण र विकासको सुरुवात माननियज्युहरु बाटै सुरु हुनेछ भन्ने पुर्ण बिस्वास गरेका छौं।’ अपिलमा भनिएको छ। संसद सचिवालयले मातृभाषामा सपथ लिने सांसदहरुलाई तिनदिन अघि नाम दर्ता गराउन आग्रह गरेको थियो।

जसअनुसार हिजै मातृभाषमा सपथ लिन चाहेका सांसदहरुले नाम दर्ता गराएका संसद सचिवालयले जनाएको छ । यसै अनुरुप जनता समाजवादी पार्टी, नेपालका प्रतिनिधि सभातर्फका सांसदहरुले मातृभाषामा सपथ लिने भएका छन्। सांसद अशोक कुमार राईले किराँत राई बान्तवा भाषामा, रामसहायप्रसाद यादव र प्रदीप यादवले भोजपुरीमा रञ्जु ठाकुरले मैथीली भाषामा सपथ लिनेछन् ।  

राजकिशोर यादव, प्रकाश अधिकारी, सुशीला श्रेष्ठ, वीरेन्द्रप्रसाद महतो, दीपक कार्की र  रेखा यादवले नेपाली भाषामा सपथ लिने जसपाले जनाएको छ । सांसदहरुको भोलि सपथ हुुँदैछ । 

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ९ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा