२३ फाल्गुन २०८१, शुक्रबार । March 7, 2025

मातृभाषामा थपथ लिन सांसदहरुलाई महासंघको आग्रह



काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघले आदिवासी समुदायबाट प्रतिनिधिसभा र प्रदेश सभाका नवनिर्वाचित सांसदलाई मातृभाषामा सपथग्रहण गर्न अपिल गरेको छ । 

महासंघका महासचिव दिवस राईले अपिल जारी गर्दै सपथ ग्रहण कार्यक्रममा आ–आफ्नो मौलिक भेषभुषामा उपस्थित भई मातृभाषामा सपथ लिन आग्रह गर्नु भएको हो । ‘आफ्नो मौलिक पहिचानको संरक्षण र विकासको सुरुवात माननियज्युहरु बाटै सुरु हुनेछ भन्ने पुर्ण बिस्वास गरेका छौं।’ अपिलमा भनिएको छ। संसद सचिवालयले मातृभाषामा सपथ लिने सांसदहरुलाई तिनदिन अघि नाम दर्ता गराउन आग्रह गरेको थियो।

जसअनुसार हिजै मातृभाषमा सपथ लिन चाहेका सांसदहरुले नाम दर्ता गराएका संसद सचिवालयले जनाएको छ । यसै अनुरुप जनता समाजवादी पार्टी, नेपालका प्रतिनिधि सभातर्फका सांसदहरुले मातृभाषामा सपथ लिने भएका छन्। सांसद अशोक कुमार राईले किराँत राई बान्तवा भाषामा, रामसहायप्रसाद यादव र प्रदीप यादवले भोजपुरीमा रञ्जु ठाकुरले मैथीली भाषामा सपथ लिनेछन् ।  

राजकिशोर यादव, प्रकाश अधिकारी, सुशीला श्रेष्ठ, वीरेन्द्रप्रसाद महतो, दीपक कार्की र  रेखा यादवले नेपाली भाषामा सपथ लिने जसपाले जनाएको छ । सांसदहरुको भोलि सपथ हुुँदैछ । 

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ९ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लायन्स डिष्ट्रिक्ट ३२५ के को तेस्रो राष्ट्रिय महाधिवेशन शनिवार पोखरामा, भिडिजीमा सुधाको उम्मेदवारी

काठमाडौं । लायन्स अन्तर्रास्ट्रिय, डिष्ट्रिक्ट ३२५ के नेपालको तेस्रो राष्ट्रिय

लगातार उकालो लाग्दै सुनको भाउ, आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका

आईसीसी च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै

आजपनि घट्यो अमेरिकी डलरको भाउ, युरो र पाउण्ड स्टर्लिङ उकालो लाग्दै

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय