२८ मंसिर २०८२, शनिबार । December 13, 2025

उम्मेदवारी फिर्ता लिन देउवालाई थापाको आग्रह



काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको नेताका लागि दिएको उम्मेदवारी फिर्ता लिएर ऐतिहासिक निर्णय गर्नुपर्ने बताएका छन् ।

मंगलवार काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर पार्टीको संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराएपछि उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री देउवाले उम्मेदवारी फिर्ता लिनेमा आफू विश्वस्त रहेको उल्लेख गरे। सभापति देउवाको उम्मेदवारी फिर्ताको निर्णयले सबै नेपाली काँग्रेसहरुमा खुशी र उत्साह हुने उनको भनाई थियो ।

महामन्त्री थापाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई पनि काँग्रेसको भविष्यप्रति चिन्ता गर्न आग्रह गरे । उनले संसदीय दलको निर्वाचन पार्टीको आन्तरिक निर्वाचन नभएकाले जनताले खोजेको प्रतिनिधिलाई संसदीय दलमा जिताउन आग्रह गरे । संसदीय दलको नेताको चुनाव नेपाली काँग्रेसको भविष्य र अपेक्षासँग जोडिएको उनले प्रस्ट पारे ।

महामन्त्री थापाले नेपाली काँग्रेसको नेतृत्वको सरकारबाट जनताले सुशासनको अपेक्षा गरेको बताए। महामन्त्री थापाको संसदीय दलको नेताका लागि प्रश्तावकमा डा. शेखर कोईराला रहेका छन् भने समर्थनमा महमन्त्री विश्वप्रकाश शर्मा, नेता प्रदीप पौडेल, उपसभापति धनराज गुरुङ छन् ।

संसदीय दलको निर्वाचन बुधवार बिहान ८ बजेबाट १० बजेसम्म हुनेछ ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ४ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले