२ चैत्र २०८१, आइतबार । March 17, 2025

नाइजेरियामा हैजाबाट ज्यान गुमाउनेको संख्या ५१ पुग्यो



एजेन्सी । नाइजेरियामा फैलिएको हैजाको प्रकोपबाट मृत्यु हुनेको संख्या ५१ जना पुगेको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले हैजाबाट कम्तीमा पनि ५१ को ज्यान गएको जानकारी गराएका छन् ।

उनीहरुका अनुसार नाइजेरियामा सोमबार मात्र ३१ जनाको ज्यान गएको छ । यसअघि आइतबारसम्म यहाँ २० को ज्यान गएको बताइएको थियो । पछिल्ला केही महिनायता हैजाको प्रकोप बढेको अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । नाइजेरियाको दक्षिणी क्रस रिभर राज्यमा बढी मात्रामा हैजाको प्रकोप बढेको देखिएको छ ।

ज्यान जानेमा सोही राज्यका नागरिक बढी रहेका पनि समाचारमा उल्लेख गरिएको छ । यहाँको उक्त राज्यको स्थानीय अबि क्षेत्रका १० गाउँमा बढी मात्रामा हैजाको प्रकोप फैलिएको उनीहरुको भनाई छ । नाइजेरियाली सरकारले यहाँका १० ओटा गाउँमा हैजा फैलिएको पाइएकोले त्यसको अनुसन्धान थालिएको जनाएको छ ।

यहाँका ती गाउँमा मात्र सयौँ मानिस विरामी भइ अस्पताल भर्ना भएका छन् ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  २ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल स्काउटमा सुधारको माग राख्दै अनशन, पदाधिकारीद्वारा दुर्व्यवहारको आरोप

काठमाडौं । नेपाल स्काउटमा सुधारको माग राख्दै सुरु गरिएको अनशन

रेकर्ड मूल्यबाट केही घट्यो सुनको भाउ, कति पुग्यो तोलामा ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

काठमाडौं । कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति

घट्यो इन्धनको मूल्य, लिटरमा कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्राको किनबेच ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको