२८ मंसिर २०८२, शनिबार । December 13, 2025

संसदिय दलको नेतामा पौडेलको समर्थन देउवालाई



काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई प्रश्ताव गर्ने बताएका छन् ।

मंगलवार सिंहदरबारमा संसदीय दलको नेतामा देउवाको प्रश्तावकका रुपमा पुगेको पौडेलले अहिलेको असहज परिस्थितीमा नेपाली काँग्रेस भित्र विश्वासको वातावरण बनाउन आवश्यकता भएकाले पार्टी सभापति शेर बहादुर देउवालाई संसदीय दलको नेतामा प्रश्ताव गर्ने निर्णय गरेको बताए । उनले संसदीय दलको नेतामा सभापति देउवा निर्बिरोध हुने दाबीसमेत गरे ।

तर संस्थापन इतर पक्षबाट पार्टी महामन्त्री गगनकुमार थापा संसदीय दलको नेतामा प्रतिष्पर्धा गर्ने भएका छन् । पार्टीका नेता डा. शेखर कोईरालाले युवा पुस्तान्तरणका लागि आफूले गगनलाई सममर्थन गरेको बताउँदै गगनलाई संसदीय दलको नेतामा समर्थन गर्न पार्टीका सांसदहरुलाई आग्रह गरेका छन् । संस्थापन पक्षबाट भने प्रधानमन्त्री एवं पार्टी सभापति देउवा संसदीय दलको नेताका लागि उम्मेदवारी दिन सिंहदरबार पुगिसकेका छन् ।

नेता पौडेलले नवनिर्वाचित काँग्रेसका सांसदहरुलाई पार्टी सभापति देउवालाई सर्वसहमत संसदीय दलको नेता चयन गर्न आग्रह समेत गरेका छन् । यसअघि पौडल आफैले संसदिय दलको नेताको दाबि गर्दै आएका थिए ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  २ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले