२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

यू–२३ पुरुष भलिबल टोली बंगलादेश प्रस्थान


५ पुस २०७९, मंगलबार  

6
Shares

काठमाडौं । काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिप खेल्ने नेपाली टोली मंगलबार बंगलादेश प्रस्थान गरेको छ ।

काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिप ७ देखि ११ पुससम्म बंगलादेशको ढाकामा आयोजना हुँदैछ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार टोलीको सहभागिता छ । चार टिम सहभागी प्रतियोगिता राउण्ड रोविन लिगको आधारमा हुनेछ । नेपालले च्याम्पियनसिपको पहिलो खेलमा पुस ७ गते आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

दोस्रो खेलमा ८ गते श्रीलंकासँग र ९ गते हुने लिग चरणको अन्तिम खेलमा किर्गिस्तानसँग खेल्नेछ । लिग चरणपछि पहिलो र चौथो तथा दोस्रो र तेस्रो स्थानमा रहनेबीच सेमिफाइनल खेल हुनेछ । सेमिफाइनल विजेताले फाइनल खेल्नेछन् । नेपाली टोलीमा धिरोजकुमार बस्नेत, रवि केसी, सन्तोष खत्री, अर्जुन नेपाली, रुपबहादुर गुरौ, बिष्णु बस्नेत, सफल विक, सन्तोष महता, मनिष मानन्धर, हेमन्त मल्ल, वेदप्रकाश जोशी, सम्राट भण्डारी, गौरव पाण्डे र भीमराज गुरुङ रहेका छन् ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  १२ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ