२७ मंसिर २०८२, शुक्रबार । December 13, 2025

कांग्रेस संसदिय दलको नेताका लागि मंगलबार उम्मेदवारी दर्ता



काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि मंगलबार उम्मेदवारी दर्ता गर्ने समय दिएको छ ।

मंगलबार बिहान ८ देखि १० बजेसम्म उम्मेदवारको लागि दरखास्त दिने समय तोकिएको हो । साथै, दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन कार्यतालिका रहेको छ । उम्मेदवारी दर्ता शुल्क ५१ हजार तोकेको छ । संसदीय दलको नेता चयनको लागि बुधबार मतदान हुँदै छ । बुधबार बिहान ८ देखि १० बजेसम्म मतदान तालिका छ ।

नेपाली कांग्रेसको विधान अनुसार प्रधानमन्त्री बन्नका लागि संसदिय दलको नेता अनिवार्य हुनुपर्छ । कांग्रेस भित्र यतिबेला आधा दर्जन भन्दा बढी प्रधानमन्त्रीका आकांक्षी रहेका छन् । सोही अनुरुप बुधबार नेपाली कांग्रेसको संसदिय दलको लागि निर्वाचन हुँदैछ् । कांग्रेसबाट प्रतिनिधिसभामा निर्वाचिन ८९ जना सांसदहरु मात्रै दलको नेता छान्ने प्रक्रियामा सहभागी हुन पाउनेछन् ।

संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा सर्वसम्मत संसदीय दलको नेताको उम्मेदवार बन्दै छन् भने इतर समूहमा शेखर कोइराला र गगन थापा दुवैको आ–आफ्नै दाबी रहेको छ ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ८ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले