१४ फाल्गुन २०८१, बुधबार । February 27, 2025

यस्तो रहनेछ सोमबारको मौसम



काठमाडौं । हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही तराईका थोरै स्थानहरुमा हुस्सु/कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सोमबार दिउँसो प्रदेश १, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, वागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

सोमबार राति प्रदेश १, वागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, वागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

आगामी २४ घण्टामा प्रदेश १, वागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै उक्त प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको तथा तराईका केही भू–भागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने र देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ९ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फाइनलमा फेरी चुक्यो नेपाल, अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि म्यानमारलाई

काठमाडौं । चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि म्यानमारले जितेको

उकालो लाग्यो अमेरिकी डलरको भाउ, अन्य कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

फागुन १४ गते महाशिवरात्रीका दिनको तपाईँको राशिफल

काठमाडौं । आज मिति २०८१ साल फागुन १४ गते बुधबार

आज महाशिवरात्री पर्व, पशुपतिसहित देशभरका शिवालयहरुमा भक्तजनको घुँइचो

काठमाडौं । आज महाशिवरात्री पर्व । महाशिवरात्रीको अवसरमा आज पशुपतिनाथ

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल आज, उपाधिका लागि नेपाल र म्यानमार भिड्दै

काठमाडौं । काठमाडौंमा जारी चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेल