४ आश्विन २०८३, आइतबार । September 20, 2026

सरकारले प्रेस स्वतन्त्रतामाथि संकुचन गर्न खोजिरहेको छः प्रथम राष्ट्रपति यादव


२ पुस २०७९, शनिबार  

6
Shares

काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले सरकारले प्रेस स्वतन्त्रतामाथि संकुचन गर्न खोजिरहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । प्रथम राष्ट्रपति यादवले सञ्चारमाध्यमलाई लेख्न स्वतन्त्रता हुनुपर्ने बताए । उनले पछिल्लो समय नेपालमा लेख्ने स्वतन्त्रतामाथि विभिन्न कानून बनाएर संकुचन गर्न खोजिरहेको आरोप लगाए ।

उनले सरकारले गलत काम गरेको खण्डमा त्यसकाबिरुद्ध लडेर भएपनि अधिकार प्राप्त गर्नुपर्ने बताए । उनले आगामी बन्ने नयाँ सरकारले ज्ञान, बुद्धि र विवेकको प्रयोग गरेर काम गर्न सुझाव दिए । प्रथम राष्ट्रपति यादवले म्यानमारमा लोकतन्त्रको पक्षको आन्दोलनमा नेपालले कुनैपनि समर्थन नगरेको भन्दै आपत्ति जनाए ।

उनले नेपालले बर्मामा रहेका नेपालीहरुको स्वतन्त्रताका लागि सरकार र राजनीतिक दलहरुले आवाज उठाउन जरुरी रहेको बताए । प्रथम राष्ट्रपति यादवले म्यानमारको लोकतन्त्रको लडाईंमा नेपाल सरकार, राजनीतिक दल र पत्रकार महासंघ लगायत संघसंस्थाले कुनै आवाज नउठाएकोप्रति दुःख व्यक्त गरे ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ८ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली