२१ श्रावण २०८३, बिहिबार । August 6, 2026

सात वटै प्रदेश प्रमुखसमक्ष बुझायो आयोगले निर्वाचन प्रतिवेदन


२ पुस २०७९, शनिबार  

6
Shares

काठमाडौं । निर्वाचन आयोगले प्रदेश १ प्रमुख परशुराम खापुङ्गलाई प्रदेश सभाको अन्तिम निर्वाचन प्रतिवेदन बुझाएको छ ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेश प्रमुख खापुङ्गलाई प्रदेश सभाको अन्तिम निर्वाचन प्रतिवेदन बुझाएका हुन् । प्रदेश प्रमुखलाई निर्वाचन परिणाम बुझाइसकेपछि प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गरेकोमा सम्बन्धित सरोकारवाला निकायहरुलाई धन्यवाद दिए । उनले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहीत वातावरणमा सम्पन्न गर्न सहयोग गर्नेहरुप्रति आयोगको तर्फबाट शुभेक्षा प्रकट गरे । 

प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रदेश- १ मा समानुपातिक निर्वाचन प्रणालीतर्फ पुरुष ६ र महिला ३१ जना गरी कुल ३७ जना निर्वाचित भएको बताए । प्रदेश १ मा कुल ९३ जना सदस्यहरु रहेका छन् । त्यस्तै प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रदेश सभासँग कानूनबमोजिम अबका काम अघि बढाउने बताए ।

उनले संविधानले तोकेको मिति र दायराभित्र रहेर प्रदेश सभालाई अघि बढाउने र प्रदेश सरकार गठन गराउने प्रतिवद्धता जनाए । गत मंसिर ४ गते भएको प्रदेश सभा निर्वाचनको मत परिणाम शनिबार एकैसाथ प्रदेश प्रमुखहरुलाई बुझाइएको हो । प्रतिवेदन बुझाउन प्रदेश नं. १ मा प्रमुख निर्वाचन आयुक्त थपलिया, गण्डकी प्रदेशमा आयुक्त ईश्वरीप्रसाद पौड्याल, लुम्बिनी प्रदेशमा आयुक्त रामप्रसाद भण्डारी, सुदूरपश्चिम प्रदेशमा आयुक्त डा जानकी कुमारी तुलाधर, मधेस प्रदेशमा आयुक्त सुगन शम्शेर जबरा, बागमती प्रदेशमा सचिव गोकर्णमणि दुवाडी र कर्णाली प्रदेशमा सहसचिव यज्ञप्रसाद भट्टराईको नेतृत्वमा आयोगको टोली पुगेको थियो ।

प्रदेश प्रमुखसमक्ष निर्वाचन आयोगले प्रदेशको अन्तिम चुनावी प्रतिवेदन बुझाएसँगै प्रदेशसभा बैठक बोलाउने तयारीको लागि अब बाटो खुलेको छ ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ५ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध