३ चैत्र २०८१, सोमबार । March 17, 2025

दक्षिणपूर्वी टर्किएमा छ जना आप्रवासीको मृत्यु



एजेन्सी । टर्किएको दक्षिणपूर्वी सानलिउर्फा प्रान्तमा शुक्रबार एउटा मिनीबस सिँचाइ नहरमा खस्दा कम्तीमा छ जना गैरकानुनी आप्रवासीको मृत्यु हुनाका साथै अन्य पाँच जना घाइते भएका स्थानीय गभर्नरले बताएका छन्।

घाइते आप्रवासीहरूको उपचार भइरहेको छ र तिनीहरूमध्ये केहीको अवस्था गम्भीर रहेको गभर्नर सालिह आयहानले बताएका छन् । मिनिबसबाट केही घाइते आफैं बाहिर निस्केका थिए भने केहीको घटनापछि स्थानीयको सहयोगमा उद्धार गरिएको गभर्नरले जानकारी दिएका छन् । मिनिबसमा जम्मा ३१ जना आप्रवासी सवार रहेको बुजीएको छ ।

घटनास्थलबाट भाग्न खोज्ने गाडीका चालकलाई स्थानीय अधिकारीहरूले समातेर हिरासतमा राखेका छन् । आठ करोडभन्दा बढी जनसङ्ख्या भएको टर्किएले ४० लाखभन्दा बढी शरणार्थीहरूलाई आप्रवासन सुविधा दिएको छ । केही आप्रवासीहरू वरपरको क्षेत्रको द्वन्द्वबाट भागेर टर्किएमा आउँछन् भने कोही टर्किएबाट युरोप जाने उद्देश्यले आउँने गर्छन् ।

टर्कीको आन्तरिक मन्त्रालयले यस महिनाको शुरुमा सार्वजनिक गरेको जानकारी अनुसार हालसम्म सन् २०२२ मा दुई लाख १९ हजार ४५५ अनियमित आप्रवासीलाई पक्राउ गरेको छ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  १२ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्ड स्टर्लिङ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको

नेपाल स्काउटमा सुधारको माग राख्दै अनशन, पदाधिकारीद्वारा दुर्व्यवहारको आरोप

काठमाडौं । नेपाल स्काउटमा सुधारको माग राख्दै सुरु गरिएको अनशन

रेकर्ड मूल्यबाट केही घट्यो सुनको भाउ, कति पुग्यो तोलामा ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

काठमाडौं । कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति