२३ माघ २०८२, बिहिबार । February 6, 2026

चितवनमा महोत्सवै महोत्सव



चितवन । चितवन जिल्लामा एकै समयमा ३ वटा महोत्सव हुने भएका छन् ।

चितवन महोत्सव, खिचरा महोत्सव र खैरहनी महोत्सव एउटै समय पारेर गर्न लागिएको हो । उद्योग वाणिज्य संघ चितवनले प्रत्येक २–२ वर्षमा आयोजना गर्ने चितवन महोत्सव यस वर्ष नारायणगढको नारायणी नदी किनारमा पुस २५ गतेबाट माघ ४ गतेसम्म ९ दिन हुनेछ । थारु समुदायको कला संस्कृति जगेर्ना गर्न प्रत्येक वर्ष गरिँदै आएको खिचरा महोत्सव थारु कल्याणकारिणी सभा क्षेत्र नम्बर ७ ले पुस २९ गतेबाट माघ ९ गतेसम्म गर्दैछ ।

खैरहनी नगरपालिका–५ जनकौलीस्थित गौचरनमा महोत्सव हुनेछ । उद्योग वाणिज्य संघ खैरहनीको आयोजनामा पुस २८ देखि माघ ८ गतेसम्म खैरहनी महोत्सव हुनेछ । खैरहनीको लदरी खोला किनारमा महोत्सव आयोजना गरिँदैछ । चौधौं संस्करणको चितवन महोत्सव मूल आयोजक समितिका संयोजक एवं उद्योग वाणिज्य संघ चिवनका अध्यक्ष चुमनारायण श्रेष्ठले यस वर्षको महोत्सव विगतको भन्दा परिस्कृत हुने बताए ।

उनका अनुसार महोत्सवमा झण्डै ५०० स्टलमा स्वदेशी र विदेशी उत्पादनको प्रदर्शनी र बिक्री हुनेछ । ७ लाख हाराहारीले अवलोकन गर्ने लक्ष्य लिएको महोत्सवमा दैनिक आर्थिक सम्बन्धी गोष्ठी हुनेछन् । विभिन्न धर्म, संस्कृति र पर्यटन प्रवद्र्धनमा समेत महोत्सव केन्द्रित हुनेछ ।

सँगै रहेको नारायणी नदीमा जलक्रिडाको व्यवस्था गरिँदैछ । विक्रम संवत् २०७० सालबाट शुरू भएको खिचरा महोत्सव थारु समुदायको नयाँ वर्षको अवसर पारेर आयोजना गरिँदै आएको छ । माघ १ गतेलाई थारु समुदायले नयाँ वर्षको रूपमा मनाउँदै आएका छन् । महोत्सव आयोजक मूल समारोह समितिमा संयोजक कृष्णलाल चौधरीका अनुसार ‘राष्ट्रिय एकता र विविधता हाम्रो सानः बहुजाति भाषा संस्कृति नेपालको पहिचान’ भन्ने मूल नाराका साथ हुन लागेको हो ।

महोत्सवमा थारु लगायत विभिन्न जातजातिका परम्परागत भेषाभुषासहित संस्कृतिक प्रस्तुति, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति, थारु समुदायको विशेष परिकार, थारु संग्रहालय तथा अनुसन्धान केन्द्र व्यवस्थापन गर्ने, होमस्टे संरक्षण र प्रवद्र्धनमार्फत आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन महोत्सवले सहयोग पुग्ने उनले जानकारी दिए । महोत्सवमा १३० वटा स्टल रहने छन् । ५५ लाखको खर्चमा हुन लागेको महोत्सवमा ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । खैरहनी महोत्सवमा ३०० स्टल रहनेछन् ।

आयोजक समितिका संयोजक एवं खैरहनी उद्योग वाणिज्य संघका अध्यक्ष दीपेन श्रेष्ठका अनुसार यो दोस्रो संस्करणको महोत्सव हो । यसअघि विक्रम संवत् २०७५ सालमा महोत्सव आयोजना गरिएको थियो । हरेक २र२ वर्षमा गर्ने योजना भए पनि कोभिडका विगतका वर्षहरूमा महोत्सव हुन सकेको थिएन ।

खिचरा महोत्सव त्यसै समयमा परेकाले १–२ दिन तलमाथि हुन सक्ने गरी तयारी गरिएको छ । यस वर्ष महोत्सवमा विगतको भन्दा फरक ढंगले लदरी खोलालाई थुनेर पानीमा हुने गतिविधि सञ्चालन गरिने उनले बताए । महोत्सवले जिल्लाको आर्थिक गतिविधिलाई चलायमान बनाउने अपेक्षा गरिएको छ । उद्योग संघ चितवनका अध्यक्ष त्रिलोचन कँडेलले महोत्सवमा स्वदेशी उद्योगहरूलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘यस्ता महोत्सवले आर्थिक चलायमान गराउँछ ।’ उद्योग वाणिज्य संघ चितवका पूर्व अध्यक्ष राजन गौतमले महोत्सव हाटबजार जस्तो हुन नहुने बताउँदै अर्थतन्त्रलाई चलायमान हुनसक्ने गरी व्यवस्थापन गर्नुपर्ने सुझाव दिए ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  १२ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल