२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

स्वस्तिका र शिभालीको जोडी च्याम्पियन



काठमाडौं। नेपालका स्वस्तिका विष्ट र शिभाली गुरुङको जोडी २० औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को गल्र्स डबल्समा शुक्रबार च्याम्पियन बनेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा स्वस्तिका र शिभालीको जोडीले नेपालका प्रशंसा मोक्तान र आद्या पौडेलको जोडीलाई ६–४ र ६–२ को सोझो सेटमा पराजित गरे । मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको ब्वाइजमा सिंगल्समा भारतका भिभान मिर्धा पहिलो भए । फाइनलमा भिभानले नेपालका आयुशमान हजुर घलेलाई ५–७, ७–६ (३) र ६–२ को सेटमा हराए ।

ब्वाइज डबल्समा पाकिस्तानका जोहेब अफ्जल मलिक र यमनका हमुद इयाडको जोडीले हङकङका छुइन हेइ करिसन फुङ र छियोङ मोरिस ताङको जोडीलाई ६–० र ६–४ तथा भारतका सिद्धार्थ जिबु र भारतका भिभान मिर्धाको जोडीले नेपालका बोरिस अधिकारी र निशाद जोशीको जोडीलाई ६–४ र ६–२ को सोझो सेटमा पाखा लगाउदै फाइनलमा स्थान सुरक्षित गरे ।
ब्वाइज डबल्सको फाइनल शनिबार हुनेछ । शनिबारै गल्र्स सिंगल्सको फाइनल पनि हुनेछ । गल्र्स सिंगल्सको उपाधिका लागि नेपालका शिभाली गुरुङ र नेपालका आद्या पौडेल भिड्ने छन् ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  १० : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको