११ चैत्र २०८२, बुधबार । March 26, 2026

नेपाल धितोपत्र बोर्डले प्रधान र न्यौपानेलाई कारबाही गर्ने


१ पुस २०७९, शुक्रबार  

6
Shares

काठमाडौं । रिडी पावर कम्पनीका सञ्चालक समितिका अध्यक्ष गुरुप्रसाद न्यौपाने र नेपाल हाइड्रो डेभलपर्स कम्पनीका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानलाई नेपाल धितोपत्र बोर्डले कारबाही गर्ने भएको छ ।

हालै बसेको बोर्डको सञ्चालक समितिको बैठकले अवैध रुपमा सेयर कारोबार गरेको ठहर गर्दै न्यौपाने र प्रधानलाई कारबाही गर्ने निर्णय गरेको हो । गैरकानूनी सेयर कारोबार गरेको भन्दै बोर्डको विभागीय स्तरबाट सिफारिस भएपछि सञ्चालक समितिले दुवै जनालाई तपाईंहरूलाई किन हदैसम्मको कारबाही नगर्ने भनेर स्पष्टीकरण सोधेको र चित्तबुझ्दो स्पष्टीकरण नदिए कानुन अनुसार कारबाही हुने बताइएको छ । 

धितोपत्र दर्ता तथा निस्कासन नियमावली २०७९ अनुसार कुनै पनि सूचीकृत संगठित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षकको पदमा बहाल रहँदासम्म वा पदबाट अवकाश लिएको एक वर्षसम्म आफ्नो वा आफ्नो परिवार र आफू संलग्न कम्पनीमार्फत् सेयर किनबेच तथा हस्तान्तरण गर्न नपाउने व्यवस्था छ । 

तर, प्रधानले कम्पनीको अध्यक्ष भएको समयमा श्रीमती, छोरा र छोरीको नाममा रहेको ९५ हजारभन्दा बढी कित्ता सेयर ६ करोड रुपैयाँभन्दा बढीमा बिक्री गरेका थिए । जुन गैरकानूनी हो । त्यस्तै, हाइड्रोपावर कम्पनीमा अध्यक्ष रहेकै समयमा न्यौपानेले २०७७ चैत १९ गतेदेखि २०७९ मंसिर २६ गतेसम्म कम्पनीको सेयर किनबेच गरेको पुष्टि भएको छ । 

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  १ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali