३० फाल्गुन २०८१, शुक्रबार । March 14, 2025

नेपाल धितोपत्र बोर्डले प्रधान र न्यौपानेलाई कारबाही गर्ने



काठमाडौं । रिडी पावर कम्पनीका सञ्चालक समितिका अध्यक्ष गुरुप्रसाद न्यौपाने र नेपाल हाइड्रो डेभलपर्स कम्पनीका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानलाई नेपाल धितोपत्र बोर्डले कारबाही गर्ने भएको छ ।

हालै बसेको बोर्डको सञ्चालक समितिको बैठकले अवैध रुपमा सेयर कारोबार गरेको ठहर गर्दै न्यौपाने र प्रधानलाई कारबाही गर्ने निर्णय गरेको हो । गैरकानूनी सेयर कारोबार गरेको भन्दै बोर्डको विभागीय स्तरबाट सिफारिस भएपछि सञ्चालक समितिले दुवै जनालाई तपाईंहरूलाई किन हदैसम्मको कारबाही नगर्ने भनेर स्पष्टीकरण सोधेको र चित्तबुझ्दो स्पष्टीकरण नदिए कानुन अनुसार कारबाही हुने बताइएको छ । 

धितोपत्र दर्ता तथा निस्कासन नियमावली २०७९ अनुसार कुनै पनि सूचीकृत संगठित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षकको पदमा बहाल रहँदासम्म वा पदबाट अवकाश लिएको एक वर्षसम्म आफ्नो वा आफ्नो परिवार र आफू संलग्न कम्पनीमार्फत् सेयर किनबेच तथा हस्तान्तरण गर्न नपाउने व्यवस्था छ । 

तर, प्रधानले कम्पनीको अध्यक्ष भएको समयमा श्रीमती, छोरा र छोरीको नाममा रहेको ९५ हजारभन्दा बढी कित्ता सेयर ६ करोड रुपैयाँभन्दा बढीमा बिक्री गरेका थिए । जुन गैरकानूनी हो । त्यस्तै, हाइड्रोपावर कम्पनीमा अध्यक्ष रहेकै समयमा न्यौपानेले २०७७ चैत १९ गतेदेखि २०७९ मंसिर २६ गतेसम्म कम्पनीको सेयर किनबेच गरेको पुष्टि भएको छ । 

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  १ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

चुङ्गी खेलको विवादले गर्दा गोदावरीमा किशोरमाथि चक्कु प्रहार

ललितपुर। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर–१ मा रहेको गोदामचौर इलाकामा

सरकारको आम्दानीभन्दा खर्च बढी, विकास खर्चमा कमजोरी

काठमाडौं । नेपालको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म

रूपन्देहीमा नेकपा (एकीकृत समाजवादी) जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा

बुटवल। नेकपा (एकीकृत समाजवादी) रूपन्देहीको आगामी जिल्ला अधिवेशनको तयारी तीव्र

न्यूजील्यान्ड एनआरएनए अध्यक्ष पदका लागि डा. अच्युत अर्यालको उम्मेदवारी

बुटवल । भैरहवा निवासी डा. अच्युत अर्यालले गैरआवासीय नेपाली संघ

गुलाम अली पहिलोपटक नेपालमा, पुल्चोकमा भव्य गजल प्रस्तुत गर्ने

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली बिहीबार बेलुका काठमाडौं