२ चैत्र २०८१, आइतबार । March 16, 2025

राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक प्रभाकरले दिए राजिनामा



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको निराशजनक प्रदर्शनपछि मुख्य प्रशिक्षक मनोज प्रभाकरले बिहीबारबाट लागू हुनेगरी राजिनामा दिएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजिनामा दिएको जनाएको हो । नामिबिया भ्रमण सकेर उतैबाट भारत प्रस्थान गरेका भारतीय प्रशिक्षक प्रभाकरले दिएको राजिनामा स्वीकृत भएको जनाएको छ । तत्कालिन प्रशिक्षक पुबुदु दासानायकेले राजिनामा दिएपछि यसै वर्षको साउनमा प्रभाकर नेपाली टोलीको प्रशिक्षकमा नियुक्त भएका थिए ।

प्रभाकरको प्रशिक्षणमा नेपालले हालै नामिबियमा सम्पन्न आइसिसी विश्वकप क्रिकेट लिग–२ का चार खेलमध्ये सबै खेलमा नतिजा सुम्पिएको थियो । यससँगै नेपालको विश्व क्रिेकट लिग डिभिजन–२ को शीर्ष तालिकाको तीन भित्र रहन कठिन भएको छ । नेपालले नामिबियासँग एक र स्कटल्याण्डसँग दुई हार व्यहोरेको थियो ।

सो हारपछि नेपालको शीर्ष तीनमा रहने सम्भावना अन्त्य भएको थियो । सात राष्ट्रमध्ये २४ खेलमा मात्र १८ अंक जोडेको नेपाल छैटौं स्थानमा छ । शीर्ष स्थानको स्कटल्याण्डको ३२ खेलमा ४६ अंक छ भने दोस्रो स्थानको ओमानको ३६ खेलमा ४४ अंक छ ।

त्यस्तै तेस्रो स्थानको नामिबियाको ३० खेलमा ३७, चौथो स्थानको अमेरिकाको ३६ खेलमा ३५ र पाँचौ स्थानको युएईको २६ खेलमा २७ अंक छ । सातौँ स्थानको पपुवा न्युगिनीको २८ खेलमा ५ अंक छ । प्रभावकरको प्रशिक्षणमा नेपालले सेप्टेम्बर–अक्टोबरमा केन्याबिरुद्धको ट्वान्टी–२० र एक दिवसीय श्रृंखला जितेको थियो ।

त्यस्तै गत महिना घरेलु मैदानमा सम्पन्न युएईबिरुद्धको एक दिवसीय श्रृंखला पनि नेपालले जितेको थियो । यस्तै पछिल्लो समय प्रभाकर र राष्ट्रिय टिमका खेलाडीको सम्बन्ध समेत बिग्रिएको थियो । जसको कारण प्रभाकरको राजिनामा आएको कतिपयले अनुमान लगाएका छन् ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  ५ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

रेकर्ड मूल्यबाट केही घट्यो सुनको भाउ, कति पुग्यो तोलामा ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

काठमाडौं । कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति

घट्यो इन्धनको मूल्य, लिटरमा कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्राको किनबेच ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः यी पाँच प्रदेशमा हावाहुरीसहित बर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको