१८ फाल्गुन २०८२, सोमबार । March 2, 2026

राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक प्रभाकरले दिए राजिनामा



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको निराशजनक प्रदर्शनपछि मुख्य प्रशिक्षक मनोज प्रभाकरले बिहीबारबाट लागू हुनेगरी राजिनामा दिएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजिनामा दिएको जनाएको हो । नामिबिया भ्रमण सकेर उतैबाट भारत प्रस्थान गरेका भारतीय प्रशिक्षक प्रभाकरले दिएको राजिनामा स्वीकृत भएको जनाएको छ । तत्कालिन प्रशिक्षक पुबुदु दासानायकेले राजिनामा दिएपछि यसै वर्षको साउनमा प्रभाकर नेपाली टोलीको प्रशिक्षकमा नियुक्त भएका थिए ।

प्रभाकरको प्रशिक्षणमा नेपालले हालै नामिबियमा सम्पन्न आइसिसी विश्वकप क्रिकेट लिग–२ का चार खेलमध्ये सबै खेलमा नतिजा सुम्पिएको थियो । यससँगै नेपालको विश्व क्रिेकट लिग डिभिजन–२ को शीर्ष तालिकाको तीन भित्र रहन कठिन भएको छ । नेपालले नामिबियासँग एक र स्कटल्याण्डसँग दुई हार व्यहोरेको थियो ।

सो हारपछि नेपालको शीर्ष तीनमा रहने सम्भावना अन्त्य भएको थियो । सात राष्ट्रमध्ये २४ खेलमा मात्र १८ अंक जोडेको नेपाल छैटौं स्थानमा छ । शीर्ष स्थानको स्कटल्याण्डको ३२ खेलमा ४६ अंक छ भने दोस्रो स्थानको ओमानको ३६ खेलमा ४४ अंक छ ।

त्यस्तै तेस्रो स्थानको नामिबियाको ३० खेलमा ३७, चौथो स्थानको अमेरिकाको ३६ खेलमा ३५ र पाँचौ स्थानको युएईको २६ खेलमा २७ अंक छ । सातौँ स्थानको पपुवा न्युगिनीको २८ खेलमा ५ अंक छ । प्रभावकरको प्रशिक्षणमा नेपालले सेप्टेम्बर–अक्टोबरमा केन्याबिरुद्धको ट्वान्टी–२० र एक दिवसीय श्रृंखला जितेको थियो ।

त्यस्तै गत महिना घरेलु मैदानमा सम्पन्न युएईबिरुद्धको एक दिवसीय श्रृंखला पनि नेपालले जितेको थियो । यस्तै पछिल्लो समय प्रभाकर र राष्ट्रिय टिमका खेलाडीको सम्बन्ध समेत बिग्रिएको थियो । जसको कारण प्रभाकरको राजिनामा आएको कतिपयले अनुमान लगाएका छन् ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  ५ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो