१ जेष्ठ २०८२, बुधबार । May 14, 2025

अमेरिकामा टिकटक प्रतिबन्ध



एजेन्सी । अमेरिकाको माथिल्लो सदन सिनेटले चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको एप टिकटकलाई सरकारी डिभाइसमा प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको छ।

समाचार पत्र द गार्डियनका अनुसार बुधबार सिनेटले ध्वनि मत गरेर उक्त प्रस्ताव पारित गरेको हो। उक्त प्रस्तावमा अमेरिकाका संघीय कर्मचारीहरूले सरकारी डिभाइस प्रयोग गरेर टिकटक प्रयोग गर्न नपाउने उल्लेख छ। राष्ट्रपति जो बाइडेनले प्रमाणीकरण गर्नुअघि उक्त प्रस्ताव तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले पारित गर्नुपर्छ।

चिनियाँ कम्पनीको स्वामित्व भएकाले टिकटकबाट प्रयोगकर्ताको विवरणहरू बेइजिङ पुग्ने र त्यसले अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने भन्दै अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाउनु पर्ने आवाज उठिरहेको छ। अमेरिकी राज्यहरू नर्थ डाकोटा, इओवालगायतले यसअघि नै टिकटकमाथि प्रतिबन्ध लगाइसकेका छन्।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  २ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंको मखनटोलमा भिषण आगलागी, एक महिलाको मृत्यु

काठमाडौं । काठमाडौंको मखनटोलस्थित एक घरमा ग्यास लिक भएर आगलागी

आज बस्दै प्रतिनिधिसभा बैठक, यी छन् मुख्य एजेन्डा

काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभा आज बिहान ११ बजे बस्न

घट्यो अमेरिकी डलरको भाउ, युरो र अष्ट्रेलियन डलर बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ

देशभरि मौसममा फेरबदलः वर्षा, हिमपात र हावाहुरीको सम्भावना

काठमाडौं । हाल देशभरि पश्चिमी वायु र स्थानीय वायुले प्रभाव

हङकङसँग ७ विकेटले पराजित भयो नेपाल, ग्लोबल छनोट यात्रा कठिन

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटको आजको खेलमा