८ चैत्र २०८२, आइतबार । March 23, 2026

कालीगण्डकी करिडोर निर्माण अघि बढ्यो


२९ मंसिर २०७९, बिहिबार  

6
Shares

रामपुर । विवादका कारण रोकिएको कालीगण्डकी करिडोर सडक निर्माण कार्य अघि बढेको छ ।

करिब तीन वर्षदेखि कालीगण्डकी करिडोर सडकअन्तर्गत पर्ने रामपुर नगरपालिका–५ स्थित मटेरी ठूलोटारमा स्थानीयको विवादले सडक निर्माण रोकिएको थियो । राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको सो सडकसँग जोडिएका स्थानीयको विवादका कारण सडक निर्माणले गति लिन सकेको थिएन । सार्वजनिक जग्गा संरक्षण पक्ष र सो क्षेत्रमा घर जग्गा पर्ने पक्षबीच सडक निर्माणका विषयमा लामो समयदेखि विवाद बल्झिएको थियो ।

रामपुर नगरपालिकाको पहलमा अहिले सडक निर्माणको काम सुरु गरिएको छ । विभिन्न योजना सञ्चालनका क्रममा भएका अवरोध हटाउने सूचना जारी गरेको नगरपालिकाले अवरोध हटाउने र योजना सञ्चालन गर्न सहयोग गर्ने जिम्मा लिएसँगै विवादले रोकिएको सडक निर्माणको काम सुरु भएको हो । पिपलडाँडा–गैँडाकोट सडक योजनाअन्तर्गत विवादले रोकिएको मटेरी ठूलोटार क्षेत्रमा पर्ने चार सय ५० मिटर सडक ११ मिटर चौडाइ कालोपत्रसहित निर्माण कार्य हुने कालीगण्डकी करिडोर योजनाका इन्जिनियर विष्णुभट्टराई बताउँछन् ।

स्थानीयको अवरोधका कारण रोकिएको सडक निर्माणका लागि स्थानीयबीच आपसी समझदारीमा काम गर्ने भनिए पनि त्यो हुन नसकेपछि नगरपालिकाको सहयोगमा करिडोर सडक योजनाले डिपिआरअनुसार नै काम गर्न सुरु गरेको उनले बताए । रामपुर नगरपालिका–२ भलायटारस्थित सडक निर्माण हुन सकेको छैन । सो सडकखण्डमा कालीगण्डकी करिडोर सडक योजनाको डिपिआरअनुसार नै निर्माण हुने उनले बताए ।

वर्षायाममा हिलो र हिउँदमा धुलाम्य सडकमा सर्वसाधारणले कष्टकर यात्रा गर्नुपर्ने समस्या रहेको स्थानीय युवा दीपेन्द्र भट्टराई बताउँछन् । “पानी परेपछि बाटो हिलाम्य भएर सडक वारपार गर्र्नै नसक्ने अवस्था थियो, मोटरसाइकल, स्कुटरबाट लडेर कतिपय घाइतेसमेत भएका छन्, विवादले रोकिएको सडक अहिले निर्माणको कामले स्थानीय उत्साहित भएका छन्”, उनले भने । सडकसँग जोडिएका स्थानीयले उच्च अदालत तुलसीपुरमा रिट दायर गरेपछि आयोजनाको काम अगाडि बढ्न सकेन ।

रिट दायर पक्ष र रामपुर नगरपालिकाबीच छलफल हुँदा एक-दुई मिटर तलमाथि मिलाएर काम गर्ने सहमती भएपछि रिट दायर पक्षले निवेदन निकालेर काम गर्न खोज्दा सार्वजनिक जग्गा संरक्षणको पक्षमा रहेका स्थानीयले चउर मिच्न नपाइने भन्दै काम रोकिन पुगेको रामपुर–५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलले बताए । “सहमतिपश्चात् सडकको उत्तरतर्फको भागमा (बस्ती बसोबास जोडिएको) नाली खन्ने काम गरियो, दक्षिणतर्फको भागमा (सार्वजनिक चउर) खन्ने क्रममा स्थानीयबाट चउर मिचिने भयो भन्दै अवरोध भएपछि काम बन्द गर्नुपर्‍यो, पहिलाको सहमतिअनुसार काम नभएपछि मापदण्डअनुसार गत मङ्सिर २६ गतेदेखि सडक निर्माणको काम सुरु गरिएको छ”, वडाध्यक्ष पोखरेलले भने । नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्दै राष्ट्रिय गौरवको आयोजनाबाट सुरु गर्ने र त्यसपश्चात् नगर गौरवका योजना, वडा गौरवमा योजना पर्ने सार्वजनिक जग्गा मिचेर बनाएका संरचना हटाउने नगर प्रमुख रमणबहादुर थापा बताउँन् ।

“स्थानीयको विवादले लामो समयसम्म काम हुन सकेन, यात्रुले सास्ती खेप्नु परेको छ”, उनले भने, “नगरभित्रका सञ्चालित राष्ट्रिय गौरवका आयोजना, नगर गौरव र वडा गौरवका योजनामा परेका सार्वजनिक जग्गामा बनेका संरचना हटाएर काम गरिनेछ ।” योजना सञ्चालनमा बाधा पुर्‍याउने गरी सार्वजनिक स्थानमा निर्माण भएका अवैध संरचनासमेत हटाउने नगर प्रमुख थापाले बताए । विवादले रोकिएको सडकमा यसभन्दा अघि पटकपटक स्थानीय तथा यात्रुले काम सुचारु गर्न स्थानीय सरकार, कालीगण्डकी करिडोर सडक योजनासमक्ष आग्रह गर्दै आएका थिए ।

केही व्यक्तिको अवरोधले गर्दा रामपुर क्षेत्रमा अधिकांश स्थानमा कालीगण्डकी करिडोरका काम सम्पन्न भइसक्दा मटेरी ठूलोटार र भलायटार क्षेत्रमा अलपत्र रहँदा सडक नै कुरुप बनेको छ । कालीगण्डकी करिडोर सडक निर्माणको योजनाले रामपुर क्षेत्रमा विकासको गति अगाडि बढाएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  १० : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो