१ चैत्र २०८१, शनिबार । March 16, 2025

बाँकेमा मागको एक तिहाइ मात्रै मल मौज्दात



बाँके । बाँकेमा हिउँदे यामका लागि तीन हजार मेट्रिक टन युरिया मलको आवश्यकता छ ।

तर, कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङमा गरी एक हजार मेट्रिक टनभन्दा कम युरिया मल मात्रै मौज्दात  छ । यो मागको एक तिहाइ मात्रै हो । जिल्लामा हालसम्म नौ सय ८२ मेट्रिक टन मल मात्रै आएको कृषि सामग्री कम्पनी लिमिटेड, नेपालगन्जका प्रमुख रमेशकुमार पौडेलले बताए ।

उनका अनुसार हालसम्म साल्ट ट्रेडिङबाट एक सय ३१ दशमलव आठ मेट्रिक टन युरिया मल मात्रै किसानसम्म पुगेको छ ।साल्ट ट्रेडिङले केही दिनअघि बिक्री सुरु गरे पनि कृषि सामग्री कम्पनी लिमिटेडले सोमबारदेखि सहकारीलाई मल उपलब्ध गराउन सुरु गरेको पौडेलले बताए । हालसम्मको अवस्था हेर्दा यस पटक पनि बाँकेमा मलको अभाव हुने देखिएको छ ।

मागको ३० प्रतिशत मात्र मल आउँदा सबै किसानले नपाउने अवस्था छ । व्यक्तिगत प्रयोगका लागि भारतीय बजारबाट मल ल्याउने किसानलाई सहजीकरण गर्न प्रशासनसँग अनुरोध गरिएकाले केही राहत हुने कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । कृषि सामग्रीले कोहलपुर नगरपालिका, राप्तीसोनारी, डुडुवा, बैजनाथ, खजुरा र नरैनापुर गाउँपालिकाका सहकारी संस्थालाई मल वितरण सुरु गरेको छ । 

जानकी गाउँपालिका र नेपालगञ्जका सहकारी संस्थालाई पनि छिट्टै मल वितरण गरिने कृषि सामग्री कम्पनीले जनाएको छ । बाँकेमा वार्षिक सात हजार मेट्रिक टन युरिया र दुई हजार पाँच सय मेट्रिक टन डिएपी मलको माग रहेको छ । हालसम्म साल्ट ट्रेडिङमा सात सय एक मेट्रिक टन मल आएको छ । उक्त मल गहुँ लगाउने बेला उपलब्ध हुने अवस्था नरहेको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।

साल्ट ट्रेडिङमा हिउँदे यामका लागि एक सय ७५ मेट्रिक टन डिएपी मलको कोटा रहेकामा हालसम्म ७७ दशमलव ८५ मेट्रिक टन मात्र आएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  १० : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडियो)

काठमाडौं । पत्रकार टिकाराम खड्काको शब्द र गायक शिव परियारको

पदम सुन्दासलाई बद्री पहाडी समाजसेवा पुरस्कार प्रदान गरिने

काठमाडौं । सामाजिक अभियन्ता तथा पूर्वराजदूत पदम सुन्दासलाई यसवर्षको ‘कर्मयोगी

शनिबार कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

चुङ्गी खेलको विवादले गर्दा गोदावरीमा किशोरमाथि चक्कु प्रहार

ललितपुर। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर–१ मा रहेको गोदामचौर इलाकामा