५ असार २०८३, शुक्रबार । June 19, 2026

जरिवाना मिनाहा गरिदिन बालेनको आयोगमा निवेदन


२८ मंसिर २०७९, बुधबार  

9
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले जरिवाना मिनाहा गरिदिन माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

समयमै निर्वाचन खर्च नबुझाएपछि आयोगको कारबाही स्वरूप जरिवाना तिर्नुपर्ने भएपछि साहले जरिवाना मिनाहाका लागि निवेदन दिएका हुन् । उनले फोहर व्यवसस्थापनमा व्यस्त भएकोले खर्च विवरण बुझाउन नसकेको भन्दै आयोगमा खर्च मिनाहाको माग गर्दै आयोगमा निवेदन दिएका हुन् । निर्वाचन आयोग स्रोतका अनुसार काठमाडौँ महानगरपालिकाका प्रमुख शाहले असोज ११ गते जरिवाना मिनाहा गर्न निवेदन दिएका हुन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जरिवाना मिनाहाका लागि निवेदन आएको भएपनि यस्तो आग्रह निर्वाचन आयोगको क्षेत्राधिकारबाहिरको विषय भएको प्रतिक्रिया दिए । उक्त निवेदन आयोग पदाधिकारीको बैठकमा निर्णयार्थ प्रस्तुत गरिएको आयोग स्रोतको दाबी छ । जिल्ला निर्वाचन कार्यालय, काठमाडौँको अभिलेखबमोजिम शाहले असार १२ गते खर्च विवरण बुझाएका थिए ।

जेठ १२ गते काठमाडौँ महानगरपालिकाको प्रमुख पदको नतिजा सार्वजनिक भएको थियो । त्यसअघि शाहले सामाजिक सञ्जालमा निर्वाचन खर्च विवरण आयोगले तोकेको ढाँचामा नै सार्वजनिक गरेका थिए । बालेनले आयोगले तोकेको समयसीमाभित्रै असार ६ गते खर्च विवरण सार्वजनिक गरेका थिए ।

खर्च विवरण सार्वजनिक गरे पनि निर्वाचन कार्यालयमा भने बुझाएका थिएनन् । उनले सार्वजनिक गरेको विवरण अनुसार निर्वाचनमा कुल तीन लाख ९४ हजार ४८९ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् । 

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ९ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा