२५ माघ २०८१, शुक्रबार । February 7, 2025

फिफा विश्वकप फुटबल

क्रोएसियालाई हराउँदै अर्जेन्टिना फाइनलमा



एजेन्सी । अर्जेन्टिना कतारमा जारी विश्वकप २०२२ को फाइनलमा प्रवेश गरेको छ ।

कतारको लुसेल रंगशालामा क्रोएसियामाथि ३–० को सहज जितका साथ अर्जेन्टिनाले फाइनलमा आफ्नो स्थान पक्का गरेको हो । अर्जेन्टिनाको जितमा जुलियन अल्भारेजले २ र कप्तान लिओनेल मेस्सीले १ गोल गरे । पहिलो हाफमै २–० को अग्रतामा रहेको अर्जेन्टिनाले दोस्रो हाफमा १ गोल थपेको थियो ।

पहिलो गोल पेनाल्टीमा गरेको अर्जेन्टिनाले दोस्रो गोल भने काउन्टर अट्याकमा क्लियर हुन् नसकेको बलमा गोल गर्यो । दोस्रो हाफमा अर्जेन्टिनाले सुरुवातदेखि बल पोसेसनमा पकड जमाउँदै क्रोएसियालाई खेलमा फर्कन दिएन । अर्जेन्टिनाले पटक पटक आक्रमण गर्दै क्रोएसियालाई दबाबमा राखिरह्यो । मेस्सीले एकल प्रयासमा तेस्रो गोलको अवसर सिर्जना गर्दै अर्जेन्टिनालाई फाइनलमा पुर्याए ।

खेलको ३४ औं मिनेटमा कप्तान मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाएका थिए । पेनाल्टी क्षेत्रभित्र जुलियन अल्भारेजलाई गोलरक्षक डोमिनिक लिभाकोभिचले लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ८ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

त्रिकोणात्मक टी-२० सिरिजः नेपालले आज थाइल्याण्डसँग प्रतिष्पर्धा गर्दै

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक महिला टी २०

आजको मौसमः पश्चिमी वायुको सामान्य प्रभाव, कहाँ-कहाँ छ बर्षाको सम्भावना ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम

आजको विनिमयदरः अमेरिकी डलर हालसम्मकै उच्च, युरो र पाउण्ड घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो दिनको तुलनामा अमेरिकी

माघ २५ गते शुक्रबारको तपाईँको राशिफल

काठमाडौं । आज मिति २०८१ साल माघ महिनाको २५ गते

निरन्तर उकालो लाग्दै सुनको भाउ, आज कति पुग्यो तोलामा ?

काठमाडौं । बिहीबार पनि नेपाली बजारमा सुनको भाउ उकालो लागेको