८ चैत्र २०८२, आइतबार । March 22, 2026

कपिलवस्तुमा १० हजारभन्दा बढी आँखाका बिरामी


२७ मंसिर २०७९, मंगलबार  

9
Shares

कपिलवस्तु । कपिलवस्तुमा दृष्टिविहीनताको अवस्था डरलाग्दो देखिएको छ । जिल्लाको १० वटैपालिका गरिएको जाँचबाट आँखाको बिरामी सङ्ख्यामा वृद्धि देखिएको हो ।

कपिलवस्तुमा १० हजार नौ सय ९७ आँखाका बिरामी देखिएका छन् । नेपाल नेत्र ज्योति सङ्घ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले आज शिवपुरमा पत्रकार सम्मेलनको आयोजना गरी कपिलवस्तु जिल्लामा आँखाको बिरामीको स्थितिको बारेमा तथ्याङ्क सार्वजनिक गरेको हो । जिल्लामा शिवराज नगरपालिकामा सबैभन्दा बढी आँखाको बिरामी रहेको बताइएको छ ।

शिवराजमा एक हजार छ सय ७९ आँखाको बिरामी रहेको तथ्याङ्कमा देखाइएको छ । वाणगङ्गा नगरपालिकामा एक हजार छ सय २४, बुद्धभूमि नगरपालिकामा एक हजार चार सय २९, कृष्णनगर नगरपालिकामा एक हजार तीन सय ७८ र महराजगञ्ज नगरपालिकामा एक हजार दुई सय छ आँखाको बिरामी रहेको बताइएको छ । जिल्लाको मायादेवी गाउँपालिकामा एक हजार ६१, शुद्धोधन गाउँपालिकामा नौ सय ९४, यशोधरा गाउँपालिकामा आठ सय १३ र विजयनगर गाउँपालिकामा आठ सय १३ आँखाका बिरामीको पहिचान भएको नेपाल नेत्र ज्योति सङ्घ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक शमशेर थापाले जानकारी दिए ।

प्रशासक थापाले विभिन्न समयमा गरिएको जाँचबाट बिरामीको तथ्याङ्क प्राप्त भएको जानकारी दिए । उनले सबै बिरामीको शल्यक्रियाबाट उपचार गर्नुपर्ने बताएका छन् । पालिकास्तरमा बिरामीको उपचारका लागि सहयोगको अपेक्षा गरिएको उल्लेख गरे । अस्पतालले पालिकाको सहयोगमा निःशुल्क उपचार गर्दै आएको छ ।

उनले आँखाको हेरचाह र सरसफाइ विशेष ध्यान पर्‍याउन आग्रह गरे । नारायणी आँखा अस्पताल बहादुरगञ्जका प्रशासकीय अधिकृत जसराज विश्वकर्माले अस्पातलले स्थापना कालदेखि हालसम्म नौ लाख ३० हजार छ सय २२ जनाको ओपिडी परीक्षण गरिएको र एक लाख २३ हजार सात सय आठ जनाको शल्यक्रिया गरिएको जानकारी दिए । उनले बजेटको अभावमा उपकरण खरिद उपचारमा समस्या सिर्जना भइरहेको बताएका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  १० : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो