४ बैशाख २०८२, बिहिबार । April 17, 2025

मिस इन्टरनेसनल २०२२ को उपाधि जर्मनिलाई



एजेन्सी । मिस इन्टरनेसनल २०२२ को उपाधि जर्मनीले हात पारेको छ ।

जर्मनकी २२ वर्षीया प्रतियोगी जस्मिन सेलबर्गले यस वर्षको ताज जित्न सफल भएकी हुन् । जापानको राजधानी टोकियोमा आयोजित ग्रान्ड फिनालेमा काबो भर्डी फस्ट रनरअप, पेरु सेकेण्ड, कोलम्बिया थर्ड र डोमिनिकन रिपब्लिक फोर्थ रनरअप घोषित भएका छन् । मिस इन्टरनेसनलको ६० औं संस्करणको प्रतिस्पर्धामा विश्वका ६६ सुन्दरीले प्रतिस्पर्धा गरेका थिए । यसपटकको पेजेन्टको नारा दिगो विकासका लागि सौन्दर्य राखिएको थियो ।

राष्ट्रसंघीय सहश्राब्दी लक्ष्यको लोगो लगाएर प्रतिस्पर्धीले र्‍याम्प नापेका थिए । प्रतिस्पर्धीले पाँच महादेशका कन्टिनेन्टल क्वीनको लागि पनि मतदान गरे । जसमा एसियाबाट जापान, अफ्रिकाबाट काबो भर्डी, युरोपबाट फिनल्याण्ड, ओसियानाबाट न्युजिल्याण्ड र उत्तर अमेरिकाबाट अमेरिका कन्टिनेन्टल क्वीन घोषित भए । उज्वेकिस्तानले नेसनल कस्ट्युम, पेरुले इभिनिङ गाउन, बेलायतले स्वीमसुट र इक्वेडरले मिस फोटोजेनिक विधामा जित दर्ता गरे ।

नेपालबाट यसपटक न्यान्सी खड्काले प्रतिस्पर्धा गरेकी थिइन् । इभिनिङ गाउन, स्वीमसुट र अन्यक्रियाकलापमा राम्रो प्रतिक्रिया प्राप्त गरे पनि नेपाल अन्तिम १५ मा पनि प्रवेश गर्न सकेको छ्रैन् । यसपटक नेपालले हिमाली चरा मुनालबाट प्रभावित भएर नेसनल कस्ट्युम डिजाइन गरेको थियो । भिडियो प्रस्तुतिमा भने नेपालले बालबालिकाको शिक्षादेखि मानसिक स्वास्थ्यको मुद्दालाई प्रस्तुत गरेको थियो ।

तीन जना मिस नेपालमध्ये अब विश्व सुन्दरी प्रतियोगिता मात्र हुन बाँकी छ । मिस अर्थ र मिस इन्टरनेसनल इभेन्ट सम्पन्न भइसकेका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ६ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पत्रकार नवराज कुँवर ‘नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित

काठमाडौं । पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका शिलापत्र डटकमका

वैशाख ७ मा राप्रपाको राप! लिङ्देन भन्छन् – निषेधित क्षेत्रमै हुन्छ निर्णायक लडाइँ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वैशाख

बाल यौन दुर्व्यवहार आरोपमा सफाइ: रामबहादुर बम्जन उच्च अदालतको फैसलापछि रिहा

काठमाडौं । उच्च अदालत जनकपुरले लामो समयदेखि बाल यौन दुर्व्यवहार

नेप्सेमा २६ अंकको उछाल, कारोबार १० अर्ब नाघ्यो

काठमाडौं । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा

१६ दिनदेखि सामुदायिक विद्यालय ठप्प, निजी विद्यालयमा भर्ना तीव्र

काठमाडौँ । देशभरका सामुदायिक विद्यालयहरूमा विगत १६ दिनदेखि पठनपाठन ठप्प