२४ भदौ २०८३, बुधबार । September 10, 2026

महिला भलिबल प्रतियोगिता सुरु


२७ मंसिर २०७९, मंगलबार  

9
Shares

सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा हेलम्बुको चिलाउनेघारीमा सिन्धुपाल्चोक जिल्ला अन्तर पालिकास्तरीय महिला भलिबल प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको मंगलबार गाउँपालिकाका उपाध्यक्ष अप्सरा लामिछाने र प्रमुख प्रशासकीय अधिकृत उदयराज भट्टराईले बल हस्तान्तरण गरेर संयुक्त रुपमा उद्घाटन गरे । उद्घाटन खेल हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाबीच भएको छ । प्रतियोगितामा हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका, इन्द्रावती गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको सहभागिता रहेको उपाध्यक्ष लामिछानेले जानकारी दिए ।

महिलालाई खेल क्षेत्रमा अघि बढाउन पालिकाले सदैव सहयोग गर्ने उनले बताए । प्रतियोगितामा पहिलो हुनेले एक लाख ११ हजार एक सय ११, दोस्रोले ६५ हजार एक सय ११, तेस्रोले ३५ हजार एक सय ११ र सान्त्वनाले रु २५ हजार एक सय ११ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता भोलिसम्म चल्ने खेलाडी श्याम शर्मा एलसीले जानकारी दिए।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ४ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ

किङ्स कलेजको इम्प्याक्ट वीक २०२६ सम्पन्न, ५ देशका कोचसहित १०८ सहभागीले खोजे समुदायका चुनौतीको समाधान

काठमाडौं । समुदायका वास्तविक चुनौतीलाई केन्द्रमा राखेर किङ्स कलेज, काठमाडौंको

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated