३ चैत्र २०८१, सोमबार । March 17, 2025

सुष्मा र सोनमलाई स्वर्ण



काठमाडौं । नेपालका सुष्मा थापा र सोनम गैरेले मलेसियामा आयोजना भएको प्याङकोर आइल्यान्ड अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् ।

मलेसियाको प्याङकोर आइल्यान्डमा भएको प्रतियोगितामा सुष्माले महिलाको ४६ केजीमुनिको तौल समूहमा स्वर्ण पदक जितेकी हुन् । यसैगरी सोनमले पुरुषको ५८ केजीमुनिको तौल समूहमा पहिलो स्थान हात पारेका हुन् । प्रतियोगितामा नेपालले सात स्वर्ण र चार रजत पदक जितेको छ ।

सन्तोष भट्टले पुरुषको ८० केजीमाथिको तौल समूहमा स्वर्ण जित्दा नितिश विश्वकर्माले पुरुषकै ७४ केजीमा पहिलो स्थान हात पारेका थिए । यस्तै मोहमद उमर खान र सुनिता विष्टले पेयर पुम्से तथा सक्षम चौधरीले एकल पुम्सेमा स्वर्ण पदक पक्का गरेका थिए । प्रतियोगितामा जाइनाब खातुनले एकल पुम्से, अब्बास खानले ग्योरोगीको ६८ केजी तौल समूह, सुनिता विष्टले एकल पुम्से र मोहमद उमर खानले पनि एकल पुम्सेमा रजत पदक जितेका थिए ।

सन्तोष भट्टको नेतृत्वमा मलेसिया पुगेको नेपाली टोलीको प्रशिक्षकको भूमिका भने रोशन खानले निर्वाह गरेका थिए । प्रतियोगितामा १० जना खेलाडी सहभागी भएका थिए ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ६ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्ड स्टर्लिङ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको

नेपाल स्काउटमा सुधारको माग राख्दै अनशन, पदाधिकारीद्वारा दुर्व्यवहारको आरोप

काठमाडौं । नेपाल स्काउटमा सुधारको माग राख्दै सुरु गरिएको अनशन

रेकर्ड मूल्यबाट केही घट्यो सुनको भाउ, कति पुग्यो तोलामा ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

काठमाडौं । कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति