२१ मंसिर २०८२, शनिबार । December 6, 2025

श्रीलङ्काद्वारा जाफना र भारतको चेन्नईबीच पुनः सिधा हवाई उडान सुरु



एजेन्सी । उत्तरी श्रीलङ्काको जाफना र दक्षिण भारतको चेन्नईबीच करिब तीन वर्षको अन्तरालपछि जाफना सिधा उडान पुनः सुरु भएको छ ।

जापना अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबारदेखि चेन्नईका लागि उडान सुरू गरिएको हो । श्रीलङ्काका पर्यटनमन्त्री हरिन फर्नान्डोका अनुसार भारतको एलायन्स एयरले जाफना र चेन्नईबीच हप्तामा चार वटा उडान सञ्चालन गर्नेछ । कोभिड–१९ महामारीका कारण उत्तरी जाफना प्रायद्वीपबाट चेन्नईका लागि सिधा उडान बन्द भएको तीन वर्षपछि पुनः सुरु भएको उनले बताए ।

श्रीलङ्काको पर्यटन मन्त्रालयले श्रीलङ्काको उत्तरी क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने र यसले देशको उत्तरी अर्थतन्त्रलाई मजबुत बनाउने विश्वास व्यक्त गरेको छ । सन् २०१९ को अक्टोबरमा श्रीलङ्काको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनेको जाफना अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो उडान चेन्नईबाट भएको थियो ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ६ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको