११ चैत्र २०८२, बुधबार । March 25, 2026

पारा तेक्वान्दो टोली स्वदेश फर्कियो


२६ मंसिर २०७९, सोमबार  

6
Shares

काठमाडौं । विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्स फाइनल (जि १०) मा सहभागी २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली सोमबार स्वदेश फर्किएको छ ।

डिसेम्बर ८ देखि १० तारिखसम्म साउदी अरबियाको रियादमा भएको प्रतियोगितामा के–४४ क्याटगोरीअन्तर्गत महिला ५२ केजीमुनि सिर्जना घिसिङ र ५७ केजीमुनि पलेशा गोबद्र्धनले प्रतिस्पर्धा गरेका थिए । सिर्जनाले नेपाललाई स्वर्ण दिलाइन् । सिर्जनाले क्वाटरफाइनलमा मेक्सिको, सेमिफाइनलमा ब्राजिल र फाइनलमा टर्कीकी खेलाडीलाई पराजित गरेकी थिइन् ।

पारा ओलम्पियन पलेशा गोबद्र्धन पहिलो चरणमै इरानकी खेलाडीसंग चुकिन् । टोलीको प्रशिक्षकमा अन्तर्राष्ट्रिय लेभल २ पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा रहेका छन् । टोलीलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा, उपाध्यक्ष भानबहादुर चन्द, सदस्य राजेन्द्र उप्रेती, सदस्य रामचन्द्र श्रेष्ठ, बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरीलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ६ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali