३ चैत्र २०८१, सोमबार । March 17, 2025

पारा तेक्वान्दो टोली स्वदेश फर्कियो



काठमाडौं । विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्स फाइनल (जि १०) मा सहभागी २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली सोमबार स्वदेश फर्किएको छ ।

डिसेम्बर ८ देखि १० तारिखसम्म साउदी अरबियाको रियादमा भएको प्रतियोगितामा के–४४ क्याटगोरीअन्तर्गत महिला ५२ केजीमुनि सिर्जना घिसिङ र ५७ केजीमुनि पलेशा गोबद्र्धनले प्रतिस्पर्धा गरेका थिए । सिर्जनाले नेपाललाई स्वर्ण दिलाइन् । सिर्जनाले क्वाटरफाइनलमा मेक्सिको, सेमिफाइनलमा ब्राजिल र फाइनलमा टर्कीकी खेलाडीलाई पराजित गरेकी थिइन् ।

पारा ओलम्पियन पलेशा गोबद्र्धन पहिलो चरणमै इरानकी खेलाडीसंग चुकिन् । टोलीको प्रशिक्षकमा अन्तर्राष्ट्रिय लेभल २ पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा रहेका छन् । टोलीलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा, उपाध्यक्ष भानबहादुर चन्द, सदस्य राजेन्द्र उप्रेती, सदस्य रामचन्द्र श्रेष्ठ, बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरीलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ६ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्ड स्टर्लिङ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको

नेपाल स्काउटमा सुधारको माग राख्दै अनशन, पदाधिकारीद्वारा दुर्व्यवहारको आरोप

काठमाडौं । नेपाल स्काउटमा सुधारको माग राख्दै सुरु गरिएको अनशन

रेकर्ड मूल्यबाट केही घट्यो सुनको भाउ, कति पुग्यो तोलामा ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

काठमाडौं । कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति