११ चैत्र २०८२, बुधबार । March 25, 2026

बेलाइत–भारत स्वतन्त्र व्यापार सम्झौता वार्ता


२६ मंसिर २०७९, सोमबार  

6
Shares

एजेन्सी । बेलाइत र भारतबीच आजदेखि यहाँ स्वतन्त्र व्यापार सम्झौता वार्ता हुँदैछ ।

बेलायतका वाणिज्यमन्त्री केमी बडेनोकले सोमबार आफ्ना भारतीय समकक्षी केन्द्रीय वाणिज्यमन्त्री पियुष गोयलसँग भेटवार्ता गरेर स्वतन्त्र व्यापार सम्झौताको छैटौं चरणको वार्ता प्रारम्भ गर्नेछिन् । वाणिज्यमन्त्री बाडेनोकको भ्रमणले बेलाइत र भारतबीचको औपचारिक द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्ने तथा द्विपक्षीय व्यापार सम्झौता निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ । एक सातासम्म जारी रहने वार्तामा बेलाइत–भारत व्यापार सम्बन्धका सबै पक्षमा विचारविमर्श हुने वाणिज्य मन्त्रालयले जनाएको छ ।

वार्ता प्रारम्भ हुनुअघि दुवै देशका प्रतिनिधिलाई मन्त्री बाडेनोचले सम्बोधन गर्ने कार्यक्रम छ । उनले भारतका व्यापारीका आवश्यकताबारे जानकारी लिन भारतीय उद्योगव्यवसायी सङ्घका नेताहरूसँग पनि भेटवार्ता गर्नेछिन् । यसक्रममा ‘फेयरट्रेड पेपर एण्ड प्याकेजिङ’ उत्पादन गर्ने प्लान्ट निर्माण गर्न भारतमा एक करोड पाउण्डभन्दा बढी लगानी गर्ने बेलाइती कम्पनीका पदाधिकारीसँग पनि बैठक हुनेछ ।

यसैबीच, बेलाइत उद्योग परिसङ्घका अन्तर्राष्ट्रिय निर्देशक एन्डी बर्वेलले बेलाइत–भारत स्वतन्त्र व्यापार सम्झौता द्विपक्षीय व्यापार प्रवद्र्धन तथा औद्योगिक विकासका निम्ति महत्वपूर्ण हुने बताउँदै त्यसमा नै बेलाइतले जोड दिने बताएका छन् । पारस्परिक व्यापारलाई सन्तुलित एवम् व्यापाक तुल्याउन यथाशीघ्र सम्झौता हुनुपर्ने अभिमत उनले व्यक्त गरेका छन् । साथै उनले बेलाइतका कम्पनीहरू भारतमा लगानी गर्न उत्सुक रहेका बताएका छन् ।

तत्कालीन प्रधानमन्त्री बोरिस जोनसन र लिज ट्रसको कार्यकालमा नै भारत र बेलाइतबीच व्यापार सम्झौता अन्तिम चरणमा पुगेको थियो तर उनीहरूले राजीनामा दिएपछि त्यो पछि धकेलिएको थियो ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  १ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali