२१ श्रावण २०८३, बिहिबार । August 6, 2026

म पनि युवाकालको खेलाडी हुँ, खेलप्रति रुची धेरै छः अध्यक्ष दाहाल


२४ मंसिर २०७९, शनिबार  

6
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले खेलकुदले देशका जनताको सम्बन्ध प्रगाढ बनाउने बताएका छन् ।

शनिबारदेखि काठमाडौंको दशरथ रंगशालामा शुरु भएको एसिया रग्बी यू–१८ सेभेन्स च्याम्पियनसिपको उद्घाटन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले खेल युवाहरुको आपसी सम्बन्ध, देश र जनताबीचको सम्बन्धलाई अझ सुदृढ गर्ने माध्यम भएको बताए । उनले खेलले हरेक देशको अर्थतन्त्रको विकासमा, अन्तर्राष्ट्रिय भाइचाराको विकासमा र विश्ववन्धुत्वको दिशामा पनि खेल क्षेत्रले ठूलो भुमिका खेल्ने बताए ।

उनले आफूपनि युवाकालको खेलाडी भएकाले खेलप्रति विशेष रुची रहेको बताए । अध्यक्ष दाहालले नेपालमा रग्बीको अन्तर्राष्ट्रिय प्रतियोगिता योजनाले देश चिनाउन महत्वपूर्ण योगदान रहने बताए । नेपाल खेलको लागि असाध्यै महत्वपूर्ण स्कोप भएको देश हो । हाम्रा प्राकृतिक विषमताहरु छन्, तराई, हिमाल, पहाडी भूभागहरु छन्, यहाँ विश्वका सबै खालका खेलहरु खेल्नका लागि नेपाल उपयुक्त छ ।

नेपाल खेलको महत्वपूर्ण सम्भावना भएको देश हो । भक्तपुरको चाँगुनारायण स्थानमा अन्तर्राष्ट्रिय स्तरको रग्बी रंगशाला निर्माण गर्ने प्रक्रिया समेत अघि बढेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ३ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध