४ असार २०८३, बिहिबार । June 18, 2026

मानवअधिकार पुरस्कार श्रेष्ठ र मानव सेवा आश्रमलाई


२४ मंसिर २०७९, शनिबार  

9
Shares

काठमाडौं । सरकारले यस वर्षको मानवअधिकार पुरस्कार–२०७९ बाट व्यक्तितर्फ मानवअधिकारकर्मी प्रा डा कपिलमान श्रेष्ठ र संस्थातर्फ मानव सेवा आश्रमलाई दिने भएको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले लामो समयदेखि मानवअधिकारका विभिन्न विधामा अध्ययन, अनुसन्धान, अध्यापन, लेख रचनाको प्रकाशन, प्रवद्र्धन पैरवी, संरक्षण र सम्मानसम्बन्धी कार्यमा निरन्तररूपमा पुर्‍याएको योगदानको लागि मानवअधिकार पुरस्कार प्रा डा श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको जनाएको छ ।

त्यसैगरी, संस्थातर्फ मानव सेवा आश्रम, (काठमाडौँ) लाई सडकपेटी तथा अन्य सार्वजनिकस्थलमा परित्यक्त, असहाय, असमर्थ, बेवारिस रूपमा रही अत्यन्तै कष्टपूर्णरुपमा जीवनयापन गरिरहेका व्यक्तिको उद्धार, उपचार, परामर्श, लालनपालन, संरक्षण र त्यस्ता व्यक्तिको शवको सद्गत वा व्यवस्थापनलगायतका कार्य गरी मानवअधिकारको संरक्षणमा पुर्‍याएको योगदानको लागि मानवअधिकार पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

नेपाल सरकारले मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको उपलक्ष्यमा मानवअधिकारको क्षेत्रमा काम गर्ने व्यक्ति र संस्थालाई कदर गर्ने उद्देश्यले मानवअधिकार पुरस्कार अक्षय कोष स्थापना गरी विसं २०७८ देखि मानवअधिकारको सम्मान, संरक्षण र सम्वद्र्धनमा उल्लेखनीय योगदान पुर्‍याउने एक व्यक्ति र एउटा संस्थालाई पुरस्कृत गर्ने कार्य प्रारम्भ गरेको थियो ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ११ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा