८ चैत्र २०८२, आइतबार । March 23, 2026

अहिलेको संसदीय व्यवस्था जनताको निम्ति हीतकर छैनः महासचिव चन्द


२३ मंसिर २०७९, शुक्रबार  

12
Shares

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले मंसिर ४ गतेको निर्वाचनले जनताले रुपान्तरण र परिवर्तन चाहेको कुरा स्पष्ट पारेको बताएका छन् ।

कपिलवस्तुमा भएको एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपालका संसदवादी दलहरु जनचाहनाअनुरुप काम गर्ने चाहना नराखिरहेको स्पष्ट भएको पनि बताए । महासचिव चन्दले वि.सं.२००७ सालदेखिका आन्दोलनहरु, एकीकृत क्रान्ति, जनयुद्ध सारा चिजलाई नयाँ शिराबाट, नयाँ आधारबाट विश्लेषण गर्नुपर्ने आवश्यक्ता रहेको बताए ।

उनले देशलाई वास्तविक रुपान्तरणतिर लैजानुपर्ने बेला भएको बताए । महासचिव चन्दले अहिलेको संसदीय व्यवस्था आधारभुत रुपले जनताको निम्ति हीतकर नभएको उल्लेख गर्दै अहिलेको संसदीय व्यवस्था संकटग्रस्त र असफल सावित भइसकेको दाबी गरे । उनले नेपालमा परिवर्तनको पक्षमा जनताले चाहेको वहस गर्न आवश्यक रहेको पनि बताए ।

महासचिव चन्दले देशका नेता र कार्यकर्ता आत्मनिर्भर नभएसम्म देशको नेतृत्व गर्न नसक्ने बताए । उनले संघीयता आवश्यक हो भने त्यसको राजनीतिक, आर्थिक र सांस्कृतिक औचित्य आवश्यक रहेको बताए । उनले नेपालमा एकीकृत जनक्रान्तिको आवश्यक्ता रहेको पनि बताए ।

पछिल्लो समय राज्यको आर्थिक संकटताले मुलुकको अवस्था निकै कमजोर भएका बेला राज्यले आर्थिक स्थिति बलियो बनाउनका लगि विशेष नीति ल्याउन आवश्यक भएको पनि बताए ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ४ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो