२२ फाल्गुन २०८१, बिहिबार । March 6, 2025

अहिलेको संसदीय व्यवस्था जनताको निम्ति हीतकर छैनः महासचिव चन्द



कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले मंसिर ४ गतेको निर्वाचनले जनताले रुपान्तरण र परिवर्तन चाहेको कुरा स्पष्ट पारेको बताएका छन् ।

कपिलवस्तुमा भएको एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपालका संसदवादी दलहरु जनचाहनाअनुरुप काम गर्ने चाहना नराखिरहेको स्पष्ट भएको पनि बताए । महासचिव चन्दले वि.सं.२००७ सालदेखिका आन्दोलनहरु, एकीकृत क्रान्ति, जनयुद्ध सारा चिजलाई नयाँ शिराबाट, नयाँ आधारबाट विश्लेषण गर्नुपर्ने आवश्यक्ता रहेको बताए ।

उनले देशलाई वास्तविक रुपान्तरणतिर लैजानुपर्ने बेला भएको बताए । महासचिव चन्दले अहिलेको संसदीय व्यवस्था आधारभुत रुपले जनताको निम्ति हीतकर नभएको उल्लेख गर्दै अहिलेको संसदीय व्यवस्था संकटग्रस्त र असफल सावित भइसकेको दाबी गरे । उनले नेपालमा परिवर्तनको पक्षमा जनताले चाहेको वहस गर्न आवश्यक रहेको पनि बताए ।

महासचिव चन्दले देशका नेता र कार्यकर्ता आत्मनिर्भर नभएसम्म देशको नेतृत्व गर्न नसक्ने बताए । उनले संघीयता आवश्यक हो भने त्यसको राजनीतिक, आर्थिक र सांस्कृतिक औचित्य आवश्यक रहेको बताए । उनले नेपालमा एकीकृत जनक्रान्तिको आवश्यक्ता रहेको पनि बताए ।

पछिल्लो समय राज्यको आर्थिक संकटताले मुलुकको अवस्था निकै कमजोर भएका बेला राज्यले आर्थिक स्थिति बलियो बनाउनका लगि विशेष नीति ल्याउन आवश्यक भएको पनि बताए ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ४ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका

आईसीसी च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै

आजपनि घट्यो अमेरिकी डलरको भाउ, युरो र पाउण्ड स्टर्लिङ उकालो लाग्दै

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

आजको मौसमः देशका अधिकांश भागमा मौसम सफा रहने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

अस्ट्रेलियाका कप्तान स्मिथले गरे एकदिवसिय क्रिकेटबाट सन्यासको घोषणा

काठमाडौं । च्याम्पियन्स ट्रफीमा भारतविरुद्ध सेमिफाइनलमा पराजित भएसँगै अस्ट्रेलियाका कप्तान