८ चैत्र २०८२, आइतबार । March 23, 2026

नक्कली मेमोरी किङहरुले गर्दा वास्तविक मेमोरी किङहरु ओझेलमाः डा.पजियार


२३ मंसिर २०७९, शुक्रबार  

9
Shares

काठमाडौं । दुईपटक स्मरण शक्तिका माध्यमबाट ‘गिनिज बुक अफ द वर्ल्ड रेकर्ड’ मा नाम दर्ता गराउन सफल भएका डा.नवल पजियारले सही व्यक्तिको पहिचान गर्नुपर्नेमा जोड दिएका छन् ।

शुक्रबार पत्रकार सम्मेलन गरेर नक्कली मेमोरी किङहरुले गर्दा वास्तविक मेमोरी किङहरु ओझेलमा परेको टिप्पणी गरेका हुन् । जनकपुर उपमहानगरपालिका–१६ कपिलेश्वरमा जन्मिएका डा. पञ्जियारले १९ डिसेम्बर २०२० मा एक मिनेटमा ५४ वटा वस्तुलाई स्मरण गरेर विश्वमा नयाँ कीर्तिमान राख्न सफल भएका थिए । पजियारले पुनः दोस्रोपटक २०२२ मा एक मिनेटमा ५९ शब्दलाई स्मरण गरेर नयाँ किर्तिमान राख्न सफल भएका थिए ।

उनको दोस्रो रेकर्डसँगै उनी संसारकै धेरै मेमोरी राख्न सक्नेमध्ये दोस्रो व्यक्ति भएका छन् । विश्वसामु नेपाललाई चिनाउन गरेको सफल प्रयासलाई सारा जनतालाई जानकारी दिन खोजेको उनले स्पष्ट पारे । दोस्रो पटक २०२२ रकर्ड राखेर उनले आफू गिनिज बुकमा डबल रेकर्ड राख्ने संसारको पहिलो नेपाली भएको समेत दाबी गरे ।

उनले भने, ‘मैले नेपाललाई विश्वसामु चिनाउने काम गरेको छु । ज–जसले बजारमा भ्रम फैलाएका छन् तिनीहरुलाई बोलाएर प्रमाणपत्र, क्षमता, स्किल्स बारे पत्रकारले सोध्नुपर्यो ।’ आफू मेमोरीकिङ भएको असत्य भ्रम फैलाउनेहरुलाई लक्षित गर्दै आफ्नो सम्पर्कमा आए आफैले शब्द स्मरण गर्ने तरिका सिकाइदिने पनि बताए । उनले नभएको रेकर्डलाई जनतामाझ झुटो प्रचार नगर्न र असत्य कुराको भ्रम नफैलाउन आग्रह गरे ।

सोझा जनताको मौकाको फाइदा उठाउन नहुने उनको भनाइ थियो । आफूमा भएको क्षमता शैक्षिक क्षेत्रभित्र पर्ने भन्दै उनले यसमा व्यापार घुसाउन नहुने तर्क गरे । उनले कतिपयले आफ्नो व्यवसाय बढाउनको लागि ‘म मेमोरी ट्रेनर’ हो भन्ने गरेको उल्लेख गर्दै योगदानका आधारमा पनि जनताले पहिचान गर्नुपर्नेमा जोड दिए । उनले उक्त विधामा ग्रिनिज बुकको रेकर्ड र गुगलमा भेटिने नाम आफ्नो मात्रै भएको सुनाए ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ४ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो