३० फाल्गुन २०८१, शुक्रबार । March 15, 2025

बाँस्कोटालाई खेलकुद संघको सम्मान



काठमाडौं । वरिष्ठ चिकित्सक प्रा.डा. अशोक बाँस्कोटालाई अखिल नेपाल खेलकुद संघले सम्मान गरेको छ ।

अपाङ्गता भएका व्यक्तिहरुको ३१औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा काभ्रेको बनेपामा आयोजित कार्यक्रममा अखिल नेपाल खेलकुद संघका अध्यक्ष अर्जुनबहादुर केसी र पूर्व युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले वरिष्ठ अर्थोपेडिक चिकित्सक प्रा.डा. बाँस्कोटालाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् । अखिल नेपाल खेलकुद संघका अध्यक्ष अर्जुनबहादुर केसीले अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रमार्फत अपाङ्गता भएका गरिब तथा असहाय बालबालिकाको उपचारमा पुर्‍याएको योगदान र हालै ‘टीकेएस’ अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएकोमा वरिष्ठ चिकित्सक बाँस्कोटालाई सम्मान गरेको बताए । पूर्व युवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीले अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रमार्फत बाँस्कोटाले हजारौं बालबालिकालाई नयाँ जीवन दिएर राज्यले गर्नुपर्ने काम गर्दै आएको बताए ।

सम्मानित भएपछि वरिष्ठ चिकित्सक बाँस्कोटाले घुम्ती शिविरमार्फत देशका दूरदराजका अपाङ्गता भएका बालबालिकाको खोजी गरी केन्द्रमा ल्याएर उपचार गर्दै आएको बताए । उनले आफूले पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरेकोमा अखिल नेपाल खेलकुद संघलाई धन्यबाद दिए । बाँस्कोटाले यसअघि पनि विभिन्न अन्तर्राीष्ट्रय अवार्ड पाएका छन् ।

उनले सन् २०१३ मा बेलायतको ‘स्टार्स फाउन्डेसन अवार्ड’, सन् २०१६ मा अमेरिकाको ‘वल्र्ड अफ चिल्ड्रेन अल्मुमिनी अवार्ड’ र सन् २०२१ मा अमेरिकाकै ‘वल्र्ड अफ चिल्ड्रेन अवार्ड’ पाएका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  ५ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

चुङ्गी खेलको विवादले गर्दा गोदावरीमा किशोरमाथि चक्कु प्रहार

ललितपुर। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर–१ मा रहेको गोदामचौर इलाकामा

सरकारको आम्दानीभन्दा खर्च बढी, विकास खर्चमा कमजोरी

काठमाडौं । नेपालको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म

रूपन्देहीमा नेकपा (एकीकृत समाजवादी) जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा

बुटवल। नेकपा (एकीकृत समाजवादी) रूपन्देहीको आगामी जिल्ला अधिवेशनको तयारी तीव्र

न्यूजील्यान्ड एनआरएनए अध्यक्ष पदका लागि डा. अच्युत अर्यालको उम्मेदवारी

बुटवल । भैरहवा निवासी डा. अच्युत अर्यालले गैरआवासीय नेपाली संघ

गुलाम अली पहिलोपटक नेपालमा, पुल्चोकमा भव्य गजल प्रस्तुत गर्ने

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली बिहीबार बेलुका काठमाडौं