११ चैत्र २०८२, बुधबार । March 25, 2026

बाँस्कोटालाई खेलकुद संघको सम्मान


२२ मंसिर २०७९, बिहिबार  

6
Shares

काठमाडौं । वरिष्ठ चिकित्सक प्रा.डा. अशोक बाँस्कोटालाई अखिल नेपाल खेलकुद संघले सम्मान गरेको छ ।

अपाङ्गता भएका व्यक्तिहरुको ३१औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा काभ्रेको बनेपामा आयोजित कार्यक्रममा अखिल नेपाल खेलकुद संघका अध्यक्ष अर्जुनबहादुर केसी र पूर्व युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले वरिष्ठ अर्थोपेडिक चिकित्सक प्रा.डा. बाँस्कोटालाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् । अखिल नेपाल खेलकुद संघका अध्यक्ष अर्जुनबहादुर केसीले अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रमार्फत अपाङ्गता भएका गरिब तथा असहाय बालबालिकाको उपचारमा पुर्‍याएको योगदान र हालै ‘टीकेएस’ अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएकोमा वरिष्ठ चिकित्सक बाँस्कोटालाई सम्मान गरेको बताए । पूर्व युवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीले अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रमार्फत बाँस्कोटाले हजारौं बालबालिकालाई नयाँ जीवन दिएर राज्यले गर्नुपर्ने काम गर्दै आएको बताए ।

सम्मानित भएपछि वरिष्ठ चिकित्सक बाँस्कोटाले घुम्ती शिविरमार्फत देशका दूरदराजका अपाङ्गता भएका बालबालिकाको खोजी गरी केन्द्रमा ल्याएर उपचार गर्दै आएको बताए । उनले आफूले पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरेकोमा अखिल नेपाल खेलकुद संघलाई धन्यबाद दिए । बाँस्कोटाले यसअघि पनि विभिन्न अन्तर्राीष्ट्रय अवार्ड पाएका छन् ।

उनले सन् २०१३ मा बेलायतको ‘स्टार्स फाउन्डेसन अवार्ड’, सन् २०१६ मा अमेरिकाको ‘वल्र्ड अफ चिल्ड्रेन अल्मुमिनी अवार्ड’ र सन् २०२१ मा अमेरिकाकै ‘वल्र्ड अफ चिल्ड्रेन अवार्ड’ पाएका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  ५ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali