४ आश्विन २०८३, आइतबार । September 20, 2026

निर्वाचनको परिणाम आएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीमा विवाद सुरु


२२ मंसिर २०७९, बिहिबार  

9
Shares

काठमाडौं । निर्वाचनको परिणाम आएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विवाद सुरु भएको छ ।

रवि लामिछाने नेतृत्वको रास्वपाभित्र समानुपातिक सांसद चयनमा चलखेल भएको एकथरीले असन्तुष्टि जनाएपछि विवाद सुरु भएको हो । सुनसरी क्षेत्र नम्बर २ बाट रास्वपाबाट पराजित भएका सुनसरी सभापति समेत रहेका लालविक्रम थापाले समानुपतिक चयनमा खलखेल भएको भन्दै असन्तुष्टि जनाएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै ‘थिति बसाल्न र पार्टी बिग्रेला भन्ने डरले चिन्तित भई खबरदारी गर्न आवश्यक रहेको जनाएका छन् ।

प्राइमरी इलेक्सनबाट आएकाहरूलाई प्राथमिकतामा नराखी अरुलाई नै समानुपातिक सांसदमा पठाउन खोजिएको उनको आरोप छ । उनले लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसद छनोट प्रक्रियामा पार्टी विधि पद्धति र सिद्धान्त मिचेर प्राइमरी इलेक्सन र बन्दसूचीको क्रम संख्याभन्दा बाहिर गएर गरिने निर्णय आम पार्टी सदस्य शुभचिन्तक मतदाता कसैका लागि पनि हितकारी नहुने देखिएको छ ।’ बिहीबार रास्वपा केन्द्रीय कार्यालय ‘घण्टीघर’मा हुने खबरदारी कार्यक्रममा सहभागी हुनसमेत उनले अनुरोध गरेका छन् ।

केन्द्रीय कार्यालयमा असन्तुष्ट भएकाहरुले घण्टी बजाउँदै खबरदारी गरेका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  १२ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली