४ आश्विन २०८३, आइतबार । September 20, 2026

चट्याङबाट ९०७ जनाको मृत्यु


२२ मंसिर २०७९, बिहिबार  

6
Shares

एजेन्सी । भारतले यस वर्ष गर्मीको लहर र चट्याङ जस्ता चरम मौसमी घटनाहरूमा ठूलो उछाल देखेको छ ।

चरम मौसमी घटनामा भएका मृत्यु तीन वर्ष यताकै उच्च बिन्दुमा पुगेको सरकारी तथ्यांकले देखाएको छ । बढ्दो मृत्युमा वैज्ञानिकहरूले जलवायु परिवर्तनलाई दोष दिएका छन् । चट्याङका कारण भारतमा यो वर्ष ९०७ जनाको मृत्यु भएको छ ।

यस वर्ष गत महिनासम्म गर्मीको लहर र चट्याङ जस्ता घटनाका कारण २ हजार १८३ जनाको मृत्यु भएको छ । यो संख्या सन् २०१९ (३,०१७ जनाको मृत्यु) पछिको उच्च हो । भारतमा यो वर्ष भएका मृत्यु मध्ये ७८ प्रतिशत मृत्युमा चट्याङ, बाढी र भारी वर्षा जिम्मेवार रहेको तथ्यांकले देखाएको छ ।

भारतको मनसुन सिजनको तापक्रम यस शताब्दीमा बढेको र देशले भविष्यमा लगातार गर्मीको लहरहरू देख्न सक्ने सरकारले अगस्टमा जानकारी दिएको थियो । भारत विश्वको तेस्रो ठूलो कार्बन प्रदूषक हो, यद्यपि यसको प्रतिव्यक्ति उत्सर्जन अन्य विकसित देशहरूको तुलनामा धेरै कम छ ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  १२ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली