३० फाल्गुन २०८१, शुक्रबार । March 15, 2025

लेडी गागाको कुकुर डुलाउनेमाथि आक्रमण : बन्दुकधारीलाई २१ वर्ष जेल



एजेन्सी । लेडी गागाको कुकुर डुलाउनेलाई गोली हानेर घाइते बनाउनेमध्येका एक व्यक्तिलाई २१ वर्षको जेल सजाय सुनाइएको छ ।

जेम्स हवार्ड ज्याक्सनलाई अदालतले उक्त सजाय सुनाएको हो । ज्याक्सन आक्रमणमा अभियोग लगाइएका पाँच जना मध्ये एक हुन् । सन् २०२१ को फेब्रुवरी २४ मा लेडी गागाका तीन वट फ्रान्सेली बुलडगलाई डुलाउँदै गर्दा रायन फिसरलाई ज्याक्सनसहितको एउटा समूहले गोली हानेको थियो ।

आक्रमणकारीहरूले भागेर उनका दुई वटा कुकुरहरु कोजी र गुस्ताभ चोरेको थियो । तेस्रो बुलडग मिस एसिया पछि पुलिसले फेला पारेको थियो । आक्रमणमा गम्भीर घाइते भएका फिसर बाँच्न भने सफल भएका थिए । गागाले ५ लाख डलर इनाम घोषणा गरेपछि कुकुर फिर्ता गरिएको थियो ।

फिसरले आक्रमणपछि आफ्नो फोक्सोको एक भाग हटाउनु परेको बताए । उनी सोमबारको अदालतको सुनुवाइमा उपस्थित भए। गोलीबारीले आफ्नो जीवन सधैंका लागि परिवर्तन गरेको बताए ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ७ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

चुङ्गी खेलको विवादले गर्दा गोदावरीमा किशोरमाथि चक्कु प्रहार

ललितपुर। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर–१ मा रहेको गोदामचौर इलाकामा

सरकारको आम्दानीभन्दा खर्च बढी, विकास खर्चमा कमजोरी

काठमाडौं । नेपालको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म

रूपन्देहीमा नेकपा (एकीकृत समाजवादी) जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा

बुटवल। नेकपा (एकीकृत समाजवादी) रूपन्देहीको आगामी जिल्ला अधिवेशनको तयारी तीव्र

न्यूजील्यान्ड एनआरएनए अध्यक्ष पदका लागि डा. अच्युत अर्यालको उम्मेदवारी

बुटवल । भैरहवा निवासी डा. अच्युत अर्यालले गैरआवासीय नेपाली संघ

गुलाम अली पहिलोपटक नेपालमा, पुल्चोकमा भव्य गजल प्रस्तुत गर्ने

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली बिहीबार बेलुका काठमाडौं