११ चैत्र २०८२, बुधबार । March 25, 2026

लेडी गागाको कुकुर डुलाउनेमाथि आक्रमण : बन्दुकधारीलाई २१ वर्ष जेल


२१ मंसिर २०७९, बुधबार  

6
Shares

एजेन्सी । लेडी गागाको कुकुर डुलाउनेलाई गोली हानेर घाइते बनाउनेमध्येका एक व्यक्तिलाई २१ वर्षको जेल सजाय सुनाइएको छ ।

जेम्स हवार्ड ज्याक्सनलाई अदालतले उक्त सजाय सुनाएको हो । ज्याक्सन आक्रमणमा अभियोग लगाइएका पाँच जना मध्ये एक हुन् । सन् २०२१ को फेब्रुवरी २४ मा लेडी गागाका तीन वट फ्रान्सेली बुलडगलाई डुलाउँदै गर्दा रायन फिसरलाई ज्याक्सनसहितको एउटा समूहले गोली हानेको थियो ।

आक्रमणकारीहरूले भागेर उनका दुई वटा कुकुरहरु कोजी र गुस्ताभ चोरेको थियो । तेस्रो बुलडग मिस एसिया पछि पुलिसले फेला पारेको थियो । आक्रमणमा गम्भीर घाइते भएका फिसर बाँच्न भने सफल भएका थिए । गागाले ५ लाख डलर इनाम घोषणा गरेपछि कुकुर फिर्ता गरिएको थियो ।

फिसरले आक्रमणपछि आफ्नो फोक्सोको एक भाग हटाउनु परेको बताए । उनी सोमबारको अदालतको सुनुवाइमा उपस्थित भए। गोलीबारीले आफ्नो जीवन सधैंका लागि परिवर्तन गरेको बताए ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ७ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali