३० फाल्गुन २०८१, शुक्रबार । March 15, 2025

बुटवलका अव्यवस्थित बसोबासीलाई प्रमाणपत्र दिइने



बुटवल । बुटवल उपमहानगरपालिकाले अव्यवस्थित बसोबासीको अभिलेख राख्न भएको छ ।

उपमहानगरले अव्यवस्थित रुपमा बसोबास गरिरहेका परिवारलाई बसोबासको प्रमाणपत्र दिने तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए । बुटवलका १९ वटै वडाहरुमा लामो समयदेखि बसोबास गर्दै आएका बासिन्दालाई दाबी विरोध र गुनासो भएमा १५ दिनभित्र कागजातसहित दाबी विरोध गर्न उपमहानगरपालिकाले आह्वान गरेको छ । १५ दिनभित्र कुनै दाबी विरोध नआएमा लगत्तै बसोबासको प्रमाण पत्र वितरण गर्ने गरी तयारी भएको प्रमुख प्रशासकीय अधिकृत पन्थीले बताए ।

उनले लामो समयदेखि भोगचलन गर्दै आएका र तत्काल लालपूर्जा पाउने प्रक्रियामा जान नसकेका बासिन्दाको अभिलेख राख्ने र सो क्षेत्रको जग्गा किनबेचमा समेत रोक लगाउने उदेश्यले बसोबासको प्रमाणपत्र दिन लागेको बताए । बुटवलभित्र १६ हजार ५ सय २१ घरपरिवार अव्यवस्थित रुपमा बसोबास गर्दै आएको तथ्यांक संकलनपछि सार्वजनिक क्षेत्र अतिक्रमण रोक्न र अवैध रुपमा भइरहेको किनबेच रोक्ने उदेश्यले बसोबासको प्रमाण पत्र दिने तयारी गरेको उनले बताए । भूमिसम्बन्धी ऐनले स्थानीय तहलाई दिएको वास्तविक भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन गर्ने, पहिचान गर्ने र प्रमाणिकरण गर्न सक्ने अधिकारबमोजिम नै लगत संकलन र पहिचान गर्ने काम गर्न लागिएको उनले बताए ।

‘स्थानीय सरकारका रुपमा आफ्नो सीमानाभित्र को कस्तो अवस्थामा बसिरहेको छ भन्ने अभिलेख राख्ने र त्यसरी बसिरहेकोमध्ये लालपूर्जाविहिन परिवारलाई बसोबासको प्रमाणपत्र दिन लागिएको हो,- उनले भने। स्थानीय तहको निर्वाचनमा बुटवल उपमहानगरकाको प्रमुखमा विजयी भएपछि खेलराज पाण्डेयले अव्यवस्थित बसोबासको प्रमाण पत्र दिने निर्णय गरेका थिए । चुनाबबाट अनुमोदन भएको एजेण्डा अनुसार नै अव्यवस्थित बसोबासीलाई प्रमाण पत्र दिइने नगर प्रमुख पाण्डेयले बताए ।

‘अव्यवस्थित बसोबासीलाई कहिलेसम्म अव्यवस्थित भनिरहने, कहिलेसम्म व्यवस्थित नगर्ने, यो बुटवलको मूल समस्यामध्येको एक हो, उनले भने – अहिले यो बसोबासको क्षेत्रमा पनि अवैध रुपमा किनबेच र थप अतिक्रमण भइरहेको छ, त्यसलाई रोक्नका लागि पनि हामीले बसोबासको प्रमाणपत्र दिन लागेका हौं ।’ उनले बसोबासको प्रमाणपत्र वितरणपश्चात् थप बसोबास रोकिने र त्यसपछि हुने अतिक्रमण रोकिने बताए ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ११ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

चुङ्गी खेलको विवादले गर्दा गोदावरीमा किशोरमाथि चक्कु प्रहार

ललितपुर। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर–१ मा रहेको गोदामचौर इलाकामा

सरकारको आम्दानीभन्दा खर्च बढी, विकास खर्चमा कमजोरी

काठमाडौं । नेपालको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म

रूपन्देहीमा नेकपा (एकीकृत समाजवादी) जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा

बुटवल। नेकपा (एकीकृत समाजवादी) रूपन्देहीको आगामी जिल्ला अधिवेशनको तयारी तीव्र

न्यूजील्यान्ड एनआरएनए अध्यक्ष पदका लागि डा. अच्युत अर्यालको उम्मेदवारी

बुटवल । भैरहवा निवासी डा. अच्युत अर्यालले गैरआवासीय नेपाली संघ

गुलाम अली पहिलोपटक नेपालमा, पुल्चोकमा भव्य गजल प्रस्तुत गर्ने

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली बिहीबार बेलुका काठमाडौं